Comments Add Comment

महिलाका वक्षस्थलमा सन्देश लेखेर पठाउने अनौठो एप

message-brest-2पहिले पहिले मानिसहरु परेवा खुट्टामा चिठी बाँधेर खबर आदान प्रदान गर्थे ।  अहिले परेवाको त्यो ठाउँ मोबाइल, मेसेज तथा ह्वाट्सएपले लिएको छ । तर अहिले यो पनि मानिसहरुका लागि दिक्क लाग्दो हुन थालिसकेछ ।

त्यहीँ भएर होला मानिसहरु आफ्नो सन्देश पठाउनका लागि नयाँ तरिकाको खोजी गरिसकेका छन् । जस अनुसार अब तपाईं महिलाहरुको वक्षस्थलमा लेखिएका सन्देशहरु आफ्ना प्रियजनलाई पठाउन सक्नुहुन्छ ।

वक्षस्थलमा लेखिएका सन्देश पठाउने भन्ने कुरा अलिक अप्ठेरो लाग्छ । तर रुसमा टिटिग्राम नामको एक मेसेजिंग एप पछिल्ला दिनहरुमा युवाहरुको रोजाई बनिरहेको छ । वास्तवमा यो मेसेजिंग एपको माध्यमबाट मानिसहरु आफ्नो सन्देशलाई अनौठो तरिकाले पठाउन सक्छन् ।

यो एपमा एक घण्टाभित्रैमा महिलाको वक्षस्थलमा लेखिएका सन्देशको तस्वीर प्राप्त हुन्छ । जसलाई प्रयोगकर्ताले प्रियजनलाई फरवार्ड गर्न सक्छन् ।

message-4तर निकै महंगो छ यो सेवा । एउटा मेसेजका लागि ३० डलर तिर्नुपर्छ । यसरी आफ्नो वक्षस्थलमा सन्देश लेखाएर फोटो खिचाएर उपलब्ध गराउने महिलाहरुले पनि राम्रैै कमाई गरिरहेका छन् । एउटा फोटो खिचेबापत उनीहरुले २ देखि ६ डलर प्राप्त गर्दछन् ।

मिडिया रिपोर्ट अनुसार रुसमा यो एपको प्रयोग अधिकांश विदेशीहरुले गरिरहेका छन् । उनीहरु हिब्रु, अंग्रेजी तथा जापानी भाषामा यस्ता सन्देश लेखाएर पठाउने गरेका छन् ।

आफ्नो सन्देश हट तरिकाले पठाउन सकियोस् भन्ने मनसायका साथ भ्लादमिर ग्रिटसेन्को नामका व्यक्तिले यो एपको निर्माण गरेका हुन् ।message-brest

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment