Comments Add Comment

प्रधानमन्त्री प्रचण्डको सम्पत्ति तीन तोला सुन र एक कठ्ठा जमीन

prachanda-property

२९ मंसिर, काठमाडौं । सरकारले प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्बजनिक गरेको छ । र, उनी पूर्वप्रधानमन्त्री सुशील कोइराला पछिकै नेपालका गरिब प्रधानमन्त्री देखिएका छन् ।

[sam_list]  कोइराला प्रधानमन्त्री हुँदा सम्पत्तिका नाममा तीन वटा मोबाइल रहेकाे उल्लेख गरेका थिए । जसका कारण उनलार्इ संसारकै गरिव प्रधानमन्त्री भनिएको थियो ।

अहिले प्रधानमन्त्री प्रचण्डको सम्पत्ति विवरण हेर्दा उनी पनि गरिब नै देखएका छन् । प्रचण्डले मन्त्रिपरिषदको कार्यालयमा बुझाइएको सम्पत्ति विवरणमा श्रीमती सिता दाहालको नाममा चितवनमा एक कट्ठा जमीन र तीन तोला सुन रहेको उल्लेख छ । यो पनि स्वआर्जन नभएर पैतृक भनिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार नै प्रधानमन्त्रीका साथै मन्त्रीहरु र राज्यमन्त्रीहरुको सम्पत्ति विवरण पनि सार्वजनिक गरेको छ ।

प्रचण्डको सम्पत्ति विवरण हेर्नुस्

यो पनि पढ्नुस्

माओवादी मन्त्रीको जायजेथाः धनमाया धनपति, प्रचण्ड सर्वहारा !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment