Comments Add Comment

बाटोभरि ‘नो कम्प्रोमाइज’का प्लेकार्ड, आखिर कसले गर्‍यो यस्तो ?

no-compromise-3

४ पुस, काठमाडौं । आइतबार बिहानैदेखि काठमाडौंका मुख्य चोक र अस्पताल अगाडि ठूलो-ठूलो अक्षरमा ‘नो कम्प्रोमाइज’ लेखिएका प्लेकार्डमा हातमा लिएका मानिसहरु देखिए ।

‘सम्झौता हुँदैन’ भन्दै यसरी सडकमा प्लेकार्ड लिएर बस्नेहरु को होलान् भनेर मानिसहरु छेउछाउ पुगेर कौतुहलता देखाइरहेका थिए । प्लेकार्डमा भिन्न-भिन्न सन्देश भए पनि त्यस्तो सन्देश प्रवाह गर्ने कुन संस्था हो भन्ने नाम कहीँ कतै लेखिएको थिएन ।

no-compromise-1

तर, यसमा लेखिएका सन्देशहरु कुनै माग राख्ने खालका थिएनन् । ‘सडक अनुशासनको मामिलामा नो कम्प्रोमाइज’, स्वास्थ्यको मामिलामा नो कम्प्रोमाइज’, ‘बचतको मामिलामा नो कम्प्रोमाइज’ यस्तै-यस्तै सन्देशहरु थिए प्लेकार्डमा ।

बीर अस्पताल, रत्नपार्क, नयाँ बानेश्वर, मीनभवन, तीनकुने जस्ता धेरै स्थानमा उस्तै शैलीका प्लेकार्ड बोकेका मानिसहरु उभिएको देखेपछि हामीले प्लेकार्ड बोक्नेहरुलाई सोध्यौं- केको बिरोध हो यो ?

no-compromise-2

तर, उनीहरुले पनि अनबिज्ञता देखाए । ‘खै हामीले त ज्याला लिएर दिनभर सडकमा उभिएका हौं, कसले, किन यस्तो प्रदर्शन गर्न लागेको हो थाहा भएन,’ उनीहरुले भने ।

no-compromise-4

नर्भिक अस्पताल अगाडि प्लेकार्ड लिएर उभिएकी एक महिलाले चाहिँ यो बिज्ञापन हुनसक्ने बताइन् । आखिर कसले गरेको होला त यस्तो अनौठो बिज्ञापन जहाँ बिज्ञापन गर्ने प्रोडक्ट वा संस्थाको कुनै नाम निसाना छैन ।

no-compromise-5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment