Comments Add Comment

नेपाल भ्रमण गर्न भिक्टोरिया संसदका अध्यक्ष इच्छुक

नेपाल फेस्टिबल इतिहास बनाउन सफलः वाणिज्य दूतावास

jiban-bahadur-shahi-and-brush
पर्यटनमन्त्री जीबनबहादुर शाहीसँग भिक्टोरियाको व्यवस्थापिका परिषदका अध्यक्ष ब्रुस अट्किन्सन

मेलवर्न । भिक्टोरिया राज्यका लागि नेपालका महावाणिज्यदूत चन्द्र योञ्जनले नेपाल फेस्टिबल मेलवर्नमा सहभागी सबै नेपालीलाई सोमबार धन्यवाद ज्ञापन गरेका छन् । साथै फेस्टिबल उदघाटन कार्यक्रममा सहभागी हुन आएका पर्यटन तथा सँस्कृतिमन्त्री जीबनबहादुर शाहीसँगको भेटमा भिक्टोरियाको व्यवस्थापिका परिषदका अध्यक्ष ब्रुस अट्किन्सनले नेपाल भ्रमण गर्ने इच्छा व्यक्तसमेत गरेका छन् ।

महावाणिज्य दूतावासको आधिकारिक फेसबुक पेजमार्फत् योञ्जनले भनेका छन्, ‘नेपाल फेस्टिबल यसको इतिहासमा सफल कार्यक्रम हो । यस सफलताले हामी सबैलाई गौरवान्वित बनाएको छ ।’

नेपाल फेस्टिबल सफल पार्न सक्रियतापूर्वक सहभागी हुने गैरआवासीय नेपाली संघ, नेपाली एसोसियशन अफ भिक्टोरिया, अन्य सबै संघसंगठनहरु र प्रत्येकलाई वाणिज्यदूतावासले बधाइ पनि दिएको छ ।

consulate-general-of-nepal-in-victoriaसाथै महोत्सवबाट नेपाली सँस्कृति वृहत अष्ट्रेलियन बहुसाँस्कृतिक समाजको एक हिस्सा बनेको भन्दै महावाणिज्यदूतावासले भनेको छ, ‘यो सफलताका लागि अहोरात्र खट्ने स्वयंसेवकहरु, आयोजकहरु, नेपाली दूतावास क्यानबेरा, गैरआवासीय नेपाली संघको समग्र नेतृत्व, अन्तरराज्यबाट आएका पाहुनाहरु, नेपाल पर्यटन बोर्डलगायत सबै धन्यवादका पात्र हुन् ।’

महावाणिज्यदूत चन्द्र योञ्जनले एक फरक प्रसंगमा नेपालका सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीबनबहादुर शाही तथा भिक्टोरियाको व्यवस्थापिका परिषदका अध्यक्ष ब्रुस अट्किन्सनको भेटघाट महत्वपूर्ण रहेको बताए ।

शुक्रबार दिउँसो भएको भेटघाट नेपालको पर्यटन प्रवर्द्धन, नागरिक उड्डयन, नेपाली सँस्कृति तथा भिक्टोरियामा रहेको नेपाली समुदायबारे केन्दि्रत थियो ।

मन्त्री शाहीले भिक्टोरियाको व्यवस्थापिका परिषदका अध्यक्ष अट्किन्सनलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिए । अध्यक्ष अट्किन्सनले त्यसमा चासो व्यक्त गर्दै उपयुक्त समय मिलाएर नेपाल भ्रमण गर्ने बताएको महावाणिज्य दूतावासले जनाएको छ ।

भेटघाटमा नेपाली महावाणिज्यदूत चन्द्र योञ्जनले नेपाल र अष्ट्रेलियाबीच यस्ता कुटनीतिक सम्बन्धको विकास हुनुपर्ने बिचार राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment