+
+
Shares

वैतडीमा अधिकारकर्मीबाटै महिलामाथि निर्घात कुटपिट

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १६ गते ८:०६

mahila-himsa१६ पुस, काठमाडौं । वैतडीमा अधिकारकर्मींबाटै एक महिला निर्घात कुटिएकी छन् । नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा अन्तरपार्टी महिला सञ्जालकी जिल्ला सचिव कान्ता चन्दको कुटाइबाट गुरुखोलाकी माधवी भट्ट गम्भीर घाइते भएकी हुन् ।

कुटपिटबाट भट्टको टाउको र शरीरमा गम्भीर चोट लागेको छ । घाँटी र कम्बरमा लागको चोटका कारण उनी हिँड्न नसक्ने स्थितिमा छन् । उपचारको क्रममा उनको टाउकोमा पाँच टाँका लगइएको छ ।

बाख्रा बारीमा पसेको निहूँमा चन्दले भट्टलाई कुटपिट गरेकी थिइन् । चन्दाले भने आफूलाई अनेक आरोप लगाएका कारण सहन नसकेर कुटेको वताएकी छन् । जिल्ला प्रशासन कार्यालयले घटनालाई निन्दनीय भनेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?