+
+
Shares

चिलिमे हाइड्रोपावरको नाफा ८.९ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते ९:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिलिमे हाइड्रोपावर कम्पनीको नाफा ८.९ प्रतिशतले वृद्धि भएको छ र चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको नाफा ५० करोड ७८ लाख रुपैयाँ पुगेको छ।
  • कम्पनीको विद्युत् बिक्री आम्दानी ७८ करोड २५ लाख रुपैयाँबाट बढेर ८२ करोड ४९ लाख रुपैयाँ पुगेको भए तापनि प्रतिसेयर आम्दानी र नेटवर्थ घटेको छ।
  • प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७१ पैसा र नेटवर्थ १२८ रुपैयाँ ६१ पैसा रहेको छ, जुन पहिलेको तुलनामा कम भएको छ।

३० वैशाख, काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको नाफा ८.९ प्रतिशत बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्मको वित्तीय विवरणअनुसार खुद नाफा ५० करोड ७८ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४६ करोड ६२ लाख रुपैयाँ थियो ।

कम्पनीको विद्युत् बिक्री आम्दानी बढेको छ । यस्तो आम्दानी पहिले ७८ करोड २५ लाख रुपैयाँ रहेकोमा अहिले ८२ करोड ४९ लाख रुपैयाँ छ । नाफा बढे पनि प्रतिसेयर आम्दानी बढ्न सकेको छैन । पहिले वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७९ पैसा रहेकोमा अहिले ७ रुपैयाँ ७१ पैसा छ ।

कम्पनीको चुक्ता पूँजी बढ्दा प्रतिसेयर आम्दानीमा असर परेको हो । चुक्ता पूँजी पहिले ७ अर्ब ९८ करोड रहेकोमा अहिले ८ अर्ब ७८ करोड रुपैयाँ छ ।  प्रतिसेयर नेटवर्थ घटेको छ । पहिले प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ६० पैसा रहेकोमा अहिले १२८ रुपैयाँ ६१ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?