
News Summary
Generated by OK AI. Editorially reviewed.- एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा २३.८ प्रतिशत बढी हो।
- कम्पनीको प्रतिसेयर आम्दानी र सेयर मूल्य वृद्धि भएको छ, जसले कम्पनीको आर्थिक स्थिति सुदृढ भएको संकेत गर्दछ।
- कम्पनीले पाँच जलविद्युत् आयोजना सञ्चालनमा ल्याएको छ र एक अन्तिम चरणमा रहेको छ, जसले दीर्घकालीन लाभको सम्भावना देखाउँछ।
३० वैशाख, काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २३.८ प्रतिशत बढी हो ।
गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ५ करोड ५८ लाख रुपैयाँ थियो । लगानीवापतको प्राप्त आम्दानी र सम्पत्ति मूल्य बढ्दा नाफा बढेको देखिन्छ ।
कम्पनीको नाफा बढ्दा प्रतिसेयर आम्दानी सामान्य बढेको छ । वार्षिक प्रतिसेयर आम्दानी पहिले ६ रुपैयाँ ८ पैसा रहेकोमा अहिले ७ रुपैयाँ १८ पैसा छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब २२ करोडबाट १ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।
प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ २२ पैसा छ । कम्पनीले लगानी गरेका पाँच वटा जलविद्युत् आयोजनामध्ये ४ वटा सञ्चालनमा आइसकेको र एउटा आयोजना अन्तिम चरणमा रहेको छ । हाल यस कम्पनीको सेयर मूल्य २ हजार २० रुपैयाँ छ ।
प्रतिक्रिया 4