
News Summary
Generated by OK AI. Editorially reviewed.- सिद्धार्थ प्रिमियमर इन्स्योरेन्सको नाफा २४ प्रतिशत घटेको छ।
- हालको आर्थिक वर्षको तेस्रो त्रैमासिकमा कम्पनीको नाफा ४५ करोड ३६ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा कम हो।
- कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी घटेको छ, किनभने खर्च बढ्दा नाफामा कमी आएको हो।
३० वैशाख, काठमाडौं । सिद्धार्थ प्रिमियमर इन्स्योरेन्सको नाफा २४ प्रतिशत घटेको छ ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष तेस्रो त्रैमासिकसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ४५ करोड ३६ लाख रुपैयाँ छ । गत आवको यसै अवधिमा यस्तो नाफा ५९ करोड ७१ लाख रुपैयाँ थियो ।
कम्पनीको नाफासँगै वार्षिक प्रतिसेयर आम्दानी घटेको छ । पहिले यस्तो आम्दानी २८ रुपैयाँ ३७ पैसा रहेकोमा अहिले २१ रुपैयाँ ५५ पैसा छ ।
खुद प्रिमियम आम्दानी बढे पनि खर्च बढ्दा नाफामा कमी आएको हो । खुद प्रिमियम आम्दानी पहिले १ अर्ब ३२ करोड रहेकोमा अहिले १ अर्ब ३७ करोड छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २६३ रुपैयाँ छ । बजारमा सेयर मूल्य प्रतिकित्ता ८१७ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4