Comments Add Comment

‘ओप्पो’ २०१६-१७ को ‘टप ग्लोबल ब्राण्ड’ घोषित

टप कनेक्टेड डिभाइसेज ब्राण्डको उपाधी पनि

oppo-global-top-brands

  • ओप्पोलाई प्रदान गरिएको सन् २०१६-१७ को ग्लोबल टप स्मार्टफोन ब्रण्डको सम्मान ग्रहण गर्दै ओप्पो टेक्नोलोजीका प्लानिङ निर्देशक लुमा लु ।

२६ पुस, सेेनजेन । चीनको नम्बर एक तथा बिश्वको चौथो ठूलो स्मार्टफोन ब्राण्ड ‘ओप्पो’ सन् २०१६-१७ का लागि ‘टप ग्लोबल ब्राण्ड’ घोषित भएको छ ।

इन्टरनेशनल डाटा ग्रुप (आईडीजी)द्वारा जनवरी ६ मा अमेरिकाको लस भेगासमा आयोजित एनुअल कन्जुमर ईलेक्ट्रोनिक्स शो (सीईएस) अन्तर्गतको एक समारोहमा ‘ओप्पो’ मोबाइल दुईवटा उपाधिले सम्मान गरियो ।

आईडीजी भेन्चर्स अमेरिकाका प्रबन्ध निर्देशक प्याट्रिक किनेलीद्वारा जारी गरिएको विज्ञप्ति अनुसार ओप्पोलाई सन् २०१६-१७ का लागि ग्लोबल टप स्मार्टफोन ब्राण्ड उपाधीद्वारा सम्मानित गरिएको हो । साथै, ओप्पोलाई २०१६-१७ ग्लोबल टप स्मार्ट कनेक्टेड डिभाइसेज ब्राण्ड उपाधी पनि प्रदान गरिएको छ ।

केनेलीद्वारा जारी विज्ञप्तिमा सन् २०१६मा ओप्पो लगायत अन्य स्मार्टफोन ब्राण्डहरुको बढ्दो सफलता, प्राविधिक अग्रता र तिनको बिश्वब्यापी विस्तारको विशेष सराहना गरिएको छ । यी ब्राण्डहरुको परिमार्जनका लागि निरन्तर अग्रसरता, परिस्कृतिकरण र नवप्रबर्तनको चाहना लगायत कुरालाई विशेष प्राथमिकता दिइएको उल्लेख गरिएको छ । ब्राण्डहरुको छनोट प्रविधि, डिजाइन, अन्तरक्रिया तथा प्रयोगकर्ताको अनुभवलाई आधार मानेर अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

oppo-smartphone-logo

‘हाम्रा विश्वभरका प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने सोचका साथ डिजाइन गरिएका नवप्रबर्तनात्मक प्रविधि र निरन्तर प्रयासको कदरका रुपमा हामीले अवार्डलाई लिएका छौँ’ आईडीजीद्वारा प्रदान गरिएको सम्मान ग्रहण गर्दै ओप्पोका टेक्नोलोजी प्लानिङ डिरेक्टर लुमा लुले भने, ‘सन् २०१७ मा पनि हामी प्रयोगकर्ताको आवश्यकता अनुसार हरेक पक्षमा उत्कृष्ट स्मार्टफोन उपलब्ध गराउन प्रतिबद्ध रहनेछौँ ।’

‘ग्लोबल टप ब्राण्ड्स’को आयोजना रिसर्च एजेन्सी इन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी)को पूर्ण सहयोगमा अमेरिकामै आधारित ईन्टरनेशनल डाटा गु्रप (आईडीजी)द्वारा गरिएको हो ।

यस बर्ष आयोजित कार्यक्रम ‘ग्लोबल टप ब्राण्ड्स’को ११ औँ संस्करण हो । नवप्रबर्तनात्मक प्रविधि मार्फत प्रयोगकर्ता सन्तुष्टिप्रति प्रतिबद्ध कञ्जुमर ईलेक्ट्रोनिक्स उद्योगका ग्लोबल ब्राण्डहरुको सम्मानार्थ यो कार्यक्रमको आयोजना गरिएको जानकारी दिइएको छ ।

नेपाली बजारमा अहिले सेल्फी एक्स्पर्टका रुपमा प्रबर्द्धन गरिएको ओप्पोको ‘एफवान एस’ मोडलले ब्यापक लोकपि्रय पाइरहेको छ । सेल्फीका लागि विशेष परिचित यस फोनमा कम्पनीले १६ मेगा पिक्सेलको प|mण्ट र १३ मेगा पिक्सेल क्षमताको रियर क्यामेरा उपलब्ध गराएको छ । ३ जीबी र्‍याम र ३२ जीबी रोम सहितको यो फोनमा फ्ल्यास फिङ्गर पि्रन्ट अनलक सुविधापनि उपलब्ध छ ।

३३ हजार ८ सय ५० रुपैयाँ मूल्य तोकिएको यस फोनमा फोर जी सुविधाका साथै, समय सापेक्ष अत्याधुनिक प्रविधि तथा फिचर्सहरुपनि उपलब्ध छन् । नेपाली बजारमा एफवान एसका साथै कम्पनीको ‘ए ३७’ र ‘नियो सेवेन’ फोनका मोडलपनि उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment