शनिबार, १२ चैत, २०७३
OnlineKhabar.com

पृथ्वीनारायणबारे प्रचण्डको टिप्पणीः एकीकरणको श्रेय उनैलाई जान्छ

एक्लै निर्णय गर्न नसक्ने, सर्वमान्य बनाई विदा घोषणा गर्ने

राजेन्द्र आचार्य

prachand

२६ पुस, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिनका लागि सबैको सहमति खोज्न प्रयास गर्ने बताएका छन् ।

पुस २७ गते पृथ्वी जयन्तीमा विदा दिनुपर्ने आवाज उठिरहेका बेला प्रधानमन्त्री प्रचण्डले त्यसको पूर्वसन्ध्यामा आफू पृथ्वी जयन्तीमा विदा दिन सकारात्मक रहेको बताएका हुन् ।

चितवनको भरतपुर उमपहानगरपालिकाको तेस्रो नगरपरिषद उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाल एकीकरणको श्रेय पृथ्वीनारायण शाहलाई नै जान्छ, उहाँको भूमिकालाई  सकारात्मक रुपमा लिएका छौं ।’

पृथ्वी जयन्तीमा विदा दिनेबारे दुईपटक मन्त्रिपरिषदमा पनि कुरा भएको प्रधानमन्त्रीले बताए । उनले भने- ‘सबैसँग छलफल गरी सर्वमान्य बनाई घोषणा गर्नेछौं, एक्लै यो निर्णय गर्न मिल्दैन ।’

दोस्रो जनआन्दोलनताका पृथ्वीनारायण शाहको शालिकहरु ढाल्ने कार्य गलत हो भन्दै आफूले आफ्ना कार्यकर्ताहरुलाई त्यसो नगर्न निर्देशनसमेत दिएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

तर, पृथ्वी नारायण शाहले राज्य बिस्तार मात्रै गरे की राष्ट्रिय एकताको पनि नेतृत्व गरे भन्ने कुरा भने विषयको बहस रहेको उनले बताए ।

उनले भने, ‘नेपालको केन्द्रीकृत राज्य निर्माणमा पृथ्वीनारायणको योगदान छ । तर, उनले बनाएको राज्य एकात्मक र सामन्ती राज्य नै हो । पृथ्वीनारायणले भुरेटाकुरे राज्यहरुलाई केन्द्रीकृत गरेर बलियो राज्य बनाए, उसको अधिमूल्यन र अवमूल्यन दुवै गलत हुन्छ । पृथ्वीनारायण शाहले राज्य बिस्तार मात्रै गरे वा राष्ट्रिय एकताको पनि नेतृत्व गरे ? यो नेपाली राजनीतिमा अहिले पनि बहसकै विषय छ । यो बहसको निरुपणले मात्रै पृथ्वीनारायणबारे सही निष्कर्षमा पुग्न सकिन्छ ।’

पूर्वराजपरिवारको सम्पत्ति भाडामा लगाउनु उचित नहुने

यसैवीच पछिल्लो समय नेपाल ट्रष्टका नामा रहेको पूर्वराजा वीरेन्द्रको जग्गा निजी कम्पनीहरुलाई भाडामा दिने प्रवृत्ति बढेकोप्रति आफ्नो ध्यानाकर्षण भएको प्रधानमन्त्रीले बताए । उनले त्यसो गर्नु उचित नहुने बताए । त्यो जग्गा सरकारले नै उपयोग गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

त्यसैगरी पछिल्लो समय कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीच विवादलाई केही दिनभित्रै अन्त्य गर्न पहल गर्ने उनले आश्वासन दिए ।

भरतपुरमा चाँडै चक्रपथ

प्रधानमन्त्री प्रचण्डले भरतपुर नगर क्षेत्रभित्र तुरुन्तै चक्रपथ निर्माणको लागि निर्देशन दिने पनि बताए । नगरबासीको गुनासो सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै उनले काठमाडौं जानेबित्तिकै चक्रपथ निर्माणको लागि काम गर्न निर्देशन दिने बताएका हुन् ।

पश्चिम चितवनको मेघौलीमा रहेको गोलाघाटमा पुल निर्माण गर्न सकेमा पर्यटन क्षेत्रको ठूलो सम्भावना रहेको भन्दै प्रचण्डले मेघौलीबाट नवलपरासी जोड्ने नारायणी नदीमा पुल निर्माण गर्ने प्रतिवद्धता जनाए ।

क्यान्सर अस्पतालमा चिनियाँ उपकरण भित्र्याइने

दक्षिण एशियाकै ठूलो वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा नयाँ उपकरण भित्राउन चीन सरकारसँग कुराकानी भइरहेको प्रचण्डले जानकारी दिए । मेसिन भन्दा पनि त्यहाँका कर्मचारीका कारण अस्पताल समस्यामा परेको भन्दै उनले गलत काम गर्ने कर्मचारीलाई बिभागीय कारबाही गर्ने चेतावनीसमेत दिए ।

२०७३ पुष २६ गते १७:५४ मा प्रकाशित
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२५ प्रतिकृयाहरू प्राप्त
  • Rajhaans लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १८:०२

    सन्दर्भ एकताको

    घरको परिवार तह लगाउन नसक्ने ज्ञानेन्द्र, आफ्नो विचारमा आफ्नैलाई आस्वस्त पार्न नसकेर दल धुजाधुजा पार्ने प्रचण्ड, बाबुराम, देउवा, ओली, माकुने आदि नेताहरु तथा हावडाको पुलजस्तो छुट्टिने र जोडिने गरिरहने कमल थापा अनि पाकेको अंगूर देखेर खान उफ्रँदा पनि नसकी अंगूर नै अमिलो हुन्छ भनेर स्याल कराए जसरी कराई रहने द्विज पार्टीहरुलाई वास्तविकरुपमा एकता के हो थाहा हुने कुरै भएन । तिनको शब्दकोशमा स्वार्थ मिले एकता हुन्छ र स्वार्थ बाझिए एकता भाँडिन्छ ।
    विश्वको कुनै पनि देश न त शान्तिपूर्ण तरिकाले एकीकरण भएका छन् न पृथक् नै । एउटा परिवार एउटा समाज र एउटा दललाई एकतावद्ध बनाउन नसक्ने स्वाँठहरुलाई एकता के हो एकीकरण के हो बुझाउन खोजिएको होइन । यिनकै तर्कलाई सही मान्ने हो भने पनि यदि पृथ्वी नारायणका वंशजले गरेको गल्तीमा पृथ्वीले सजाय पाउँछन् भने यि राजनीतिका कुलमा जन्मिएका वा जन्मन सक्ने कुलांगारहरुका कारण यिनलाई पनि हामीले मानिरहन जरुरी हुँदैन । पृथ्वी नारायण शाहले एकीकरण गरेपछि राजाको प्रत्यक्ष शासन यो देशमा कति वर्ष भयो यि पाखण्डीहरु केलाउन नै चाहँदैनन् । २५० वर्षको राजतन्त्र भन्दछन् तर १०४ वर्षको राणातन्त्र यिनको मुखबाट कहिल्यै निस्कँदैन । २००७ साल देखि १७ सालसम्मको र २०६३ साल देखी २०७३ सालसम्मको इतिहास यिनलाई सम्झाउनु पर्दछ । बाउ थिए र म भएँ भनेर यिनको सोचाइमा कहिल्यै पर्दैन । नेपाल बनाइ दिएका थिए र म नेपाली छु भन्ने यिनको मुखबाट कहिल्यै निस्केन । इतिहासमा जन्मेका सबैको जयन्ति मनाउनु पर्दछ भन्ने छैन । विभिन्न कालखण्डमा भएका आवश्यकता अनुसारका परिवर्तनका संवाहकको जयन्ति मनाइ रहनु पर्दछ भन्ने पनि छैन । तर जसले देश बनायो उसको विरोध किन गरिन्छ ? मलाई भनि दिनुहोस् जसले देश बनायो त्यसको विरोध गर्ने देश र दल विश्वमा कहाँ कहाँ छन् ? त्रिभुवन नमान पाइन्छ, महेन्द्र नमान पाइन्छ, वीरेन्द्र नमान त्यो पनि पाइन्छ तर पृथ्वी नारायण शाहलाई बिर्सने राजनीति यो देशको राजनीति हुनै सक्दैन । जुनसुकै दल जात र भूगोलको वासिन्दा भएपनि यदि देश बनाउनेको उसले विरोध गर्दछ भने त्यसको शरीरमा शुद्ध नेपाली रगत बहेको छैन, उसमा अरु कुनै विदेशीको वीर्य सेचन भएको छ भनेर बुझ्दा हुन्छ । बाउआमा बेचेको पैसाले बनाएको घर एक दिन न एक दिन अवश्य मसान हुन्छ, हुन्छ, सबैले यो कुरा हेक्का राखून् । बि.पि.जयन्ती मनाउने, माओ जयन्ति मनाउने, मनमोहन जयन्ति मनाउने, महेन्द्र जयन्ति मनाउने तर पृथ्वी जयन्ति को विरोध गर्नेहरुले यो देशलाई कहिल्यै शान्ति र विकास दिन सक्ने छैनन् । भ्रममा नपर्दा हुन्छ ।
    अाजकल बिदा नै चाडपर्वकाे पर्याय भएकाे छ । त्यसभित्रकाे मर्म सब लाेप हुँदै गएका छन् । तै पनि राज्यले तँलाई वर्षमा एक दिन मात्र बिदा दिन्छु राेज भनेछ भने म पुस २७ लाई नै राेज्ने थिएँ ।
    किन कि बाउबाजेले बनाएकाे सग्लो घरबाट दलिन निकाल्दै, चिर्दै, बाल्दै अागाे तापेर मलाई जीउ तताउनु छैन ।

    156
    8
    Share

  • ARPAN लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १८:१०

    अँ, क्रिश्मसको बिदाचाहिं कोकोसंग सहमति गरेर दिएको नी ? क्रिश्मसको बिदा दिन सक्ने तर नेपालको एकीकरण गर्ने पृथ्वीनारायण दिन नसक्ने तिम्रो र क्रिश्चियन मिसिनरीको सम्बन्ध बुझिहालियो नी ।

    129
    15
    Share

  • gulay लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १८:१३

    gai jatra na dekha

    44
    6
    Share

  • Raj basnet लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १८:१४

    लु भै गो नि त राष्ट्रिय एकता तैले गरेको भो,,
    देशको एकता मात्र पृथ्वीनारायणले गरेको।।।।
    **
    खुब देशमा एकता झल्केको छ है अहिले
    **

    क्रिश्चियनलाई बिदा दिँदा को सँग सरूवसहमति गरेको थियौ?
    **
    यो देशको लागि पृथ्वीनारायण शाह भन्दा जिसस क्राईस्ट ठुलो हो?
    **
    दलाल हरू हो
    जति देश बनाउछु भनेर खोकेपनि जबसम्म देश बनाउनेको अबमुल्यन गर्छौ नि तब सम्म देश बन्नेवाला छैन।
    **
    माओले पनि भन्थे जुन कुवाको पानी खान्छौ पानि खाँदा कम्तिमा त्यो कुवा बनाउनेलाई सम्झ”
    तर भारतमा गएर माओ पढेकाहरू सँग यो बुद्धी छैन।।

    110
    14
    Share

  • raj basnet लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १८:१५

    क्रिश्चियनलाई बिदा दिँदा को सँग सरूवसहमति गरेको थियौ?
    **
    यो देशको लागि पृथ्वीनारायण शाह भन्दा जिसस क्राईस्ट ठुलो हो?
    **
    दलाल हरू हो
    जति देश बनाउछु भनेर खोकेपनि जबसम्म देश बनाउनेको अबमुल्यन गर्छौ नि तब सम्म देश बन्नेवाला छैन।
    **
    माओले पनि भन्थे जुन कुवाको पानी खान्छौ पानि खाँदा कम्तिमा त्यो कुवा बनाउनेलाई सम्झ”
    तर भारतमा गएर माओ पढेकाहरू सँग यो बुद्धी छैन।।

    62
    13
    Share

  • केदार लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १८:२१

    अगाडी राम राम बगलीमा छुरा किन ?ततत्कालिन समयानुसार पृथाबी नारायण शाहले चालेको कदम उचित मान्नु पर्दछ ।

    58
    4
    Share

  • Nabraj khanal लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १८:२३

    good point.

    0
    0
    Share

  • Manish लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १८:२७

    Ani k sarbajanik bida chai kaile poush 27 gate belka dine ho ra.. Nirnaya ta time ma lina saknu paryo ni….

    38
    2
    Share

  • yadav लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १८:३८

    pahila salik dhalne agile bids din6u bhanera huncha

    0
    0
    Share

  • नविन लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १९:०९

    नैतीकता,राष्ट्रियता,र बिस्वोसानीयता
    हुनेले पो बुझेको हुन्छ को हुन राष्ट्र निर्माता भनेर यहाँ त सब दलाल छन् हामी नेपालीलाई कसरी बिखन्ड्न गर्ने कसरी लडाउने र कसरी यो माटोलाई मरभुमी बनाउने भनेर दाउ कुरेर बसेका
    न यो प्रधानमन्त्री हाम्रो हो न गिर्हे मन्त्रि।।यी त सब बिदेसी दलल हुन जे पनि गर्ने
    लोक्मान लाई कार्वही हुँदा लोक्मन बनाउने यि चोर् जिमेवर छन् कि छैनन
    यिनलाई कर्वही हुन्छ कि हुन्न
    नेपाल मेरो देश हो
    म एक नेपाली हो
    पृथ्वी मेरा पिता हुन्न
    त जे सुकै गर
    पौष २७ मेरो लागि आन्तिम सास सम्म राष्ट्रिय दिवस हो ।
    यो मेरो गर्व को दिन हो
    चेतना भया

    1
    0
    Share

  • प्रकाश भट्टराई लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १९:१६

    को संग सहमति गरेर कृशचियनलाई छुट्टी दियौ के यसुले नेपालम एकता गरेथे के छ यसुको नेपालमा योगदान क्रिस्चियन बिद्वानले लेखेको पुर्वाग्रही इतिहासको आधारमा पृथ्वीनारायणले राष्टिय एकता गरेनन भन्ने कुरा गलत हो

    1
    0
    Share

  • nabin लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १९:२२

    पुष २७ मा राष्ट्रिय दिवस मनौउदै राज्यले पृथ्वी नारायण शाह लाई सम्म्मान गर्नै पर्छ यो मेरो मात्र नभई ३ करोड नेपालीको मग हो । हाम्रो सरकार र हाम्रा नेताले हामी नेपालीको मन पल पल मा दुखाएका छन । कम से कम एउटा घाउमा मलम लगाउने निर्नयत ग र

    1
    0
    Share

  • Bhupi लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १९:२४

    All of them desh ka Janata lai dark ma rakhi desh lutne prapanch *

    0
    0
    Share

  • madhab koirala लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १९:५४

    मेरो मनको उकुसमुकुस Rajhaans जी ले पोखिहाल्नु भयो. त्यसमा १०० प्रतिशत समर्थन जनाउदै एक दुइ शब्द राख्न चाहन्छु. पृथ्बीनारायण साहलाई राष्ट्रीय एकताका प्रतिक नमान्नेहरू तात्कालिन बाइसे चौबिसे राज्यका कुनै मुन्सी (काईते),कुनै भान्से, कुनै भण्डारे र कुनै टपरे बाहुनका सन्तान हुनुपर्छ. नेपाल एकीकरण भएपछि ईनका पुरुखाको हालीमुहाली सकिएकोले बाफ्बैरी साध्न लागि परेका होलान.अब इनीहरुको बिनास अबश्यम्भाबी छ .

    1
    0
    Share

  • sushmita लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते २०:२५

    kati samaya lagcha ta sarkaarma bhayeka buddhijiviharulai….ki sansadh baithak abaruddha garirahera arko saal samma nirnaya aaucha ki bida ko…….

    0
    0
    Share

  • Satish लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते २०:४६

    Kin dhila gareko hola sarbjajanik bida ta 26 gate nai Nirnaya garnu parthyo ni . Kam red lai ke thaha .

    0
    0
    Share

  • Nepali लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते २०:५१

    पृथ्वी नारायन शाहले त्यतिखेर जे गरे त्यो त्यतिखेरको सन्दर्भ मा ठिकै थियो । कुनै पनि इतिहासको काल्खण्डमा त्यतिखेरको बिचार र सिद्धान्त त्यसि समय अनुसारको हुन्छ । आज हामीले बिक्सित मानेको बृटिश साम्राज्य तथा अन्य देस हरु पनि मर्ने र मार्ने र आफ्नो सम्राज्य बढाउने दाउमा लागेका बेला तिमी चाही त्यतिखेरका राजाले माओबाद्ले भने झै राज्य गर्नु पर्थ्यो भन्ने सोच्छौ ?? कस्तो हासो लाग्छ …. त्यतिखेर त तिम्रा भागवानहरु माओ र मार्क्स नै जन्मेका थिएनन । आज तिमीले माओ, मार्क्स का सिद्धान्त पढ्एर र यस्तो बिक्सित बिस्व राजनितिक सन्स्कार मा जन्मेर र नेता भएर कती ठुलो काम गरेउ ? ? ? कतिको पछिको पिढिले सम्झिने काम गरेउ ? ? ? कती मान्छे मारेउ ? ? बिदेसी प्रभुको इसारामा स्वदेस्लाई घात गरेउ ? ? यो सबै आजका जनाताले मुल्यान्कन गरिरहेका छन र भोलिका नेपाली ले पनि (यदी नेपाल बाकी रहेछ भने)मुल्यान्कन गर्ने छन्…

    2
    0
    Share

  • ramrijhan yadav लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते २१:११

    ani india ko rastrapati pranav “murkha-jee” aauda chai ko buddhi jibi seta paramarsa garera dinu vako ta desh ma bida???
    timro maalik aunu vayo vanera deko hola haina..

    1
    0
    Share

  • shrija लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते २१:१७

    yo desh ma Prithbi naranyan saha le akikaran garnu nai galat thio ta teso bhaye ye netaharu kaha gayera rajniti garthe hola aihile ti raja bhanda yin le kati ramro kam gare ta desh ko lagi paribartan ko nam ma afu matra sahi aru sabai galat ?yahauniharule chai taskar gare pani thik,corroption gare pani thik,baiese ra chaubese rajya nai rekheko bhaye ei goru lai thik hunthio kina ki rastraya akata dibash lai bida dina conjusai garne sarkar matra pakhandi ho, janma dine babu pani ko ho ra ma kaha bata yaha aiya thha chaina,
    jaya hos yini haruko, bholi janata sabaile yo kura thaha pauda yin ko dhoti na topi huna sakcha,

    0
    0
    Share

  • Tek prasad लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते २१:३०

    rastraya akata dibas manaunu bhaneko, rajtantra nai pharhaune bhaneko chai hoina tara afnu babu nai birsiera kaha bata jhnma lieako bhanchan einiharu,afu matra thik aru sab bethik ho ? lok tantra ka yi netaharu le raja ko bhanda k k badi ramro kam gare 123 garera bhanun ta yi garu haru le

    0
    0
    Share

  • M Bhandari लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते २१:३३

    त्यही पृथ्वीनारायण शाहले निर्माण गरि दिएको नेपालमा वसि आज यो अवस्थामा पुग्ने अनि उनैलाई विर्सने भोलि आजका यी नेपाल वनाउछु भन्नेहरु मरे पछि कसले सभ्झने । की मरे पछि आफुलाई पनि सम्झने वाटो मास्ने हो ?

    2
    0
    Share

  • Jaso Gara J Bhana Yo Man ta Mero Nepali Ho लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते २:०२

    Ahile ko samaya ma Prachanda le ramro kaam gardai xan, harek kurama birodh garne bhanda pani ramro ra naramro xuttyayera bolne garau. ra Bharatpur ma ring road banaune kaam samaye mai sampanna hos..

    0
    0
    Share

  • Zimson लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते ३:४८

    यो बिदेसी पृथ्वी नारायण शाह काठमाण्डुको नेवारीहरुको २७ धारनि नाक कान काटने
    ६ हजार जाना तामांगहरुलाई मार हान्ने अनी अहिले मंगोल देशको मुलबासी भुमिपुत्रहरु को
    भाषा लिपि थाकथलो संस्कृति धर्म पहिचान सबै ह्त्या गर्नेको बिदा दिनु भनेको लोकतंत्रको
    बदनाम गर्नु र फेरी २०४७ सालको संबिधान पुनरुत्थान गर्नु हो यस्ता नियतले देश
    विखण्डन को बाटो हो ? यस्ता एकात्मक एकल जातिको पहिचानको सिस्टम जग अब
    देश चल्दैन अबपनी एकात्मक एकल बाहुनको मात्रा पहिचान हुनेगरी १४ अंचल ७५ जिल्लाको
    खाका भयो भने नेपाल नाउ मेटींने छ र अर्जिनल उत्पति नाउ मंगोल देश भनी नामांकण
    गर्नुको बिकल्प छैन ??

    1
    2
    Share

  • galami लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते ८:०२

    the roof over your heads are still Nepali, your political playground is still Nepal and tour political thought you wanted to deliver is still Nepali people, still you want to eradicate the background that you are playing on it? are you looking to remove the spirit of patriotism of Nepali people, whose forefathers displayed so heroism, bravery and integrity of Nepali people? Shame to you people who do not want at least a little respect towards your forefathers’ deeds. you are doing so because you came from nowhere to defeat Nepali people and their forefathers.

    0
    0
    Share

  • udaya लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते ८:०७

    सच्चा नेपाली भए बिदा दिनु पर्ने थियो

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this