Comments Add Comment

आजको पत्रिकामा आर्थिक समाचारः जनसंख्या भन्दा ४० लाख बढीलाई टेलिफोन

img_9023५ माघ, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाको आर्थिक पृष्ठमा विभिन्न समाचारले स्थान पाएको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले टेलिफोन विस्तारको सन्दर्भमा ‘जनसंख्या भन्दा ४० लाख बढीलाई टेलिफोन’लाई मुख्य समाचार बनाएको छ । औद्योगिक केन्द्र बन्दै सुर्खेत भन्ने समाचारलाई पनि अन्नपूर्णले महत्वपूर्ण स्थान दिएको छ । मलेसिया सरकारले आप्रवासीलाई अस्थायी ‘वर्क परमिट’ दिने समाचारलाई पनि अन्नपूर्णले स्थान दिएको छ ।

नयाँ पत्रिका दैनिकले ‘औद्योगिक प्रवर्द्धन बोर्ड बैठक अझै बसेन’लाई मुख्य समाचार बनाएको छ । एक अर्बको राष्ट्रिय ऋणपत्र ल्याइने समाचारलाई पनि नयाँ पत्रिका दैनिकले स्थान दिएको छ । सस्तो दरमा फोरजी चलाउन पाउनुपर्छ शीर्षकको समाचारलाई पनि नयाँ पत्रिकाले उल्लेख गरेको छ ।

अभियान दैनिकले जलविद्युतमा लगानी गर्न विभिन्न देशलाई आह्वान गगरेको मुख्य समाचार बनाएको छ । ‘साउनदेखि एक्जिम कोड’ अनिवार्य भन्ने समाचार पनि अभियानले लेखेको छ ।

कारोबार दैनिकले पेटो्रलियममा ५ प्रतिशत मात्रै नाफा राख्न पाइनेलाई मुख्य समाचार बनाएको छ । ‘रेमिट्यान्स वृद्धिदर अझै ओरालो’लाई पनि कारोबारले उल्लेख गरेको छ । पुनर्निमाणका लागि ढुंगादेखि काठसम्म अभाव भन्ने समाचारलाई कारोबारले एंकर बनाएको छ ।

‘चिनियाँ जहाजले यात्रु पाएन’लाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । भारु दिन कन्जुस्याई भन्ने समाचारलाई पनि नागरिकले उल्लेख गरेको छ । ब्यापार घाटा साढे ३ सय अर्ब पुगेको समाचारलाई पनि नागरिकले कभरेज गरेको छ ।img_9024 img_9026 img_9027 img_9028 img_9029

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment