+
+

हिमालयन पावर पार्टनरको सेयर बिक्री खुला

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ ७ गते १०:३३

IPO

७ पुस, काठमाडौं । हिमालयन हाइड्रोपावरले प्रभावित क्षेत्रका स्थानीयको लागि १० लाख ६५ हजार ४ सय १७ कित्ता ९ १० करोड रुपैयाँ०को सेयर जारी गर्न लागेको छ । कम्पनीले माघ १७ गतेदेखि चाँडोमा फागुन २ गते र ढिलोमा फागुन १७ गतेसम्म सेयर बिक्री खुला गर्ने भएको छ ।

लमजुङ जिल्लाको चिती ढोडेनी, बन्सर, नौथर, श्रीमञ्ज्याङ, अर्चलबोट गाविसका बासिन्दाको लागि निष्कासित सेयर मध्ये ५ लाख ३२ हजार ७ सय ८ कित्ता छुट्याइएको छ । त्यस्तै, जिल्लाका अन्य बाँकी सबै क्षेत्रका बासिन्दालाई ५ लाख ३२ हजार ७ सय ९ कित्ता छुट्याइएको छ । कम्पनीको कार्यालय, ग्लोबल आइएमइ बैंक लिमिटेडको बेसीसहर शाखा, प्यासिफिक डेभलपमेन्ट बैंकको भोटेबडार शाखा र कैलाश बिकास बैंकको बेसीशहर शाखाबाट सेयर फारम पाइने छ ।

दोस्रो चरणमा भने कम्पनीले सर्वसाधारण र कर्मचारीको लागि २१ करोड ३० लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ६ करोड रुपैयाँ पुग्नेछ ।

लमजुङमा २७ मेगावाट क्षमताको दोर्दी हाइड्रोपावर निर्माण गर्ने तयारीमा रहेको हिमाल पावरले सेयर निष्कासनबाट संकलित रकम यसमा लगानी गर्ने उदेश्य लिएको छ । कुल ४ अर्ब २३ करोड लागत रहने यो आयोजना ७५ प्रतिशत कर्जा लगानी र २५ प्रतिशत सेयर पुँजीबाट निर्माण गरिने भएको हो । यो आयोजनाको अनुमती २१०३ साउनसम्म रहने छ । आयोजना निर्माण २०७१ पुसदेखि २०७५ जेठमसान्तसम्म रहेको छ । ओयाजनाबाट व्यवसायिक उत्पादन मिति २०७४ असार १ गते रहेको छ ।

यो आयोजनामा हाल २० प्रतिशत पुँजी खर्च हुँदा लगभग २५ प्रतिशतको काम सम्पन्न भइसकेको छ । बैंकहरुसँग कर्जाको लागि कम्पनीले फाइनान्सियल क्लोजर गरी सकेको छ ।

कम्पनी र प्राधिकरणबीच विद्युत् खरिद सम्झौता सम्पन्न भइसकेको छ । उदीपुर हबको २ सय २० केभीए प्रशारण लाइन निर्माणमा ढिलाइ भइरहेकोले कम्पनीले विद्युत् जडानको लागि विकल्पको रुपमा १ सय ३२ केभिए सिंगल सर्किट लाइन प्रयोग गर्ने योजनामा रहेको छ ।

कम्पनीलाई रेटिङ कम्पनी इक्रा नेपालले ग्रेड फोर प्लस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको समग्र वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

कम्पनीमा गैर आवासीय नेपालीको संस्था एनआरएन इन्भेष्टमेन्ट कम्पनीको ५१ प्रतिशत, आइएमइ ग्रुप र वल्र्डवाइड इन्भेष्टमेन्टमा आवद्धहरुको कुल ९.९५ प्रतिशत, उषा इन्भेष्टमेन्ट प्रालीको ६.६४ प्रतिशत, हाथवे इन्भेष्टमेन्ट कम्पनीको ३.६३, बैंकर तथा व्यवसायी चन्द्रप्रसाद ढकालको १०.२९ प्रतिशत, उत्तम कुमार नेपालको ६.१२ प्रतिशत सेयर लगानी रहेको छ । सेयर जारी भएपछि संस्थापक समूहको हिस्सा ७० प्रतिशतमा सीमित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?