+
+

‘गाउँ आएको बाटो’ बुसान फिल्म फेस्टिभलमा पनि छनोट

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते १६:३७

काठमाडौं । नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो : अ रोड टु भिलेज’ एसियाको प्रतिष्ठित बुसान फिल्म फेस्टिभलमा छनोट भएको छ । बुसानले वेबसाइटमार्फत यो फिल्म ‘विन्डो अफ एसिया’ विधामा छानिएको उल्लेख गरेको छ ।

नेपाली समयानुसार बिहीबार राति क्यानडाको टोरन्टो फेस्टिभलमा विश्व प्रिमियर हुने तयारीमा रहेको यो फिल्मले अर्को उपलब्धि हासिल गरेको हो । टोरन्टो उड्ने तयारीमा रहेका निर्माता आमोद राईले बुसान छनोटलाई नेपाली कथालाई अन्तर्राष्ट्रियकरण गर्नेतर्फको महत्वपूर्ण कोसेढुंगा भएको बताए ।

बुसानले फिल्मको प्रदर्शन मिति भने उल्लेख गरेको छैन । यद्यपि, सातदेखि १३ अक्टोबरभित्र फिल्मको एसिया प्रिमियर हुने निर्माता राईले जानकारी दिए । बुसानमा कलाकार, निर्माता र निर्देशक सबै जना उपस्थित हुने तयारी रहेको पनि उनले बताए ।

फिल्मले गाउँमा सडक पुगेपछि बाबु र छोराबीचको सम्बन्धमा आउने उतारचढावको कथा पेश गर्छ । सामुदायिक लगानीको अवधारणामा निर्माण भएको यो फिल्ममा दयाहाङ राई, पशुपति राई लगायतको अभिनय छ । भोजपुर, संखुवासभा र धरानमा फिल्मको छायांकन गरिएको हो ।

यसैबीच, नीरञ्जनराज भेटवाल निर्देशित नेपाली छोटो फिल्म ‘साक्षी रुख : द विटनेस ट्री’ पनि एसियाली छोटो सिनेमाको विधामा छानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?