Comments Add Comment

दामन-सिमभञ्ज्याङ क्षेत्रमा ६ इन्च बाक्लो हिउँ


१५ माघ, हेटौँडा । त्रिभुवन राजपथको सिमभञ्ज्याङ, अघोर र दामनमा आज बिहान ४ बजे परेको हिउपातले हेटौँडा–काठमाडाँैबीचको यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

करिब ६ इन्च बाक्लो हिउँ पर्नाले यहाँको जनजीवन कष्टकर भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  काठमाडौं र हेटौँडाबाट गइरहेका सयौँ सवारीसाधन सिमभञ्ज्याङ र अघोरमा रोकिएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।

अहिले क्षेत्रीय सडक डिभिजन कार्यालयको तर्फबाट सडक खुलाउन डोजर परिचालन गरिसकेको मकवानपुरका प्रजिअ नारायण शर्माले जानकारी दिए। सिमभञ्ज्याङमा हिउँ परेपछि हेटौँडाबाट हिउँको दृश्य हेर्न सर्वसाधारणको भीड लागेको छ ।

फोटोः सुरजकुमार भुजेल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment