Comments Add Comment

कृषि बिकासकै अनुपात्दक क्षेत्रमा ७३ प्रतिशत लगानी, सीसीडी रेसियो ८३

नाफा साढे २ गुणा बढ्यो

२४ माघ, काठमाडौं । सरकारी लगानी समेत रहेको कृषि बिकास बैंकले नै राष्ट्र बैंकले परिभाषा गरेको अनुत्पादक क्षेत्रमा कुल कर्जाको ७३ प्रतिशत लगानी गरेको छ । राष्ट्र बैंकले ओभरड्राफ्ट कर्जा, घरजग्गा र सेयर धितोमा कर्जालाई अनुत्पादक क्षेत्र भन्दै यी क्षेत्रमा बैंकहरुको कर्जा बढिरहेकोमा चिन्ता गर्दै आएको थियो ।

बैंकको चालु आवको दोस्रो त्रैमाशको वित्तीय विवरणले यस्तो देखाएको हो । बैंकले सेयर धितोमा कर्जा दिएको छैन् भने रियल इस्टेट र आवासीय कर्जामा भने ६.४६ प्रतिशतमात्र लगानी गरेको छ । तर ओभरड्राफ्ट, रसिद लगायतको आधारमा भने ५८ अर्ब रुर्पैयाँ कर्जा लगानी भएको देखिएको छ । राष्ट्र बैंकले ओभरड्राफ्ट कर्जा शिर्षकबाट पनि सेयर वा घरजग्गामा कर्जा गएको भन्दै यो कर्जालाई पनि अनुत्पादक क्षेत्रमा गणाना गरेको हो ।

यता, कृषि बैंकले कोर पुँजी र निक्षेपको तुलनामा कर्जा अनुपात पनि राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढाएको छ । बैंकको यो सीमा राष्ट्र बैंकले तोकेभन्दा लगभग ३ प्रतिशतले बढेर ८२.९७ पुगेको छ । बैंकसँग कर्जा लगानी योग्य रकम कम भएपछि सीमाभन्दा बढि रकम पनि कर्जा प्रवाह गरेको देखिन्छ । यस्तै कृषि बिकास बैंकले अझै पनि राष्ट्र बैंकले तोकेको निक्षेप र कर्जाको व्याजदरबीचको अन्तर तोकेको सीमामा पुर्याएको छैन् । बैंकको यो अन्तर पनि ७.१० प्रतिशत रहेको छ ।

बैंकको नाफा भने गत आवको सोही अवधिको तुलनामा १३४ प्रतिशत अर्थात् २.३३ गुणाले बढेको छ । गत त्रैमाशमा ३८ करोड रुपैयाँ कमाएको बैंकले यो त्रैमाशमा ९० करोड रुपैयाँ नाफा गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ५६ प्रतिशतले बढेर ३ अर्ब १० करोड पुगेको छ । त्यस्तै फि, कमिशन, डिस्काउन्ट, बिदेशी मुद्रा बिनिमय लगायतबाट भएको अन्य आम्दानी पनि ३५ प्रतिशतले बढेर ५६ करोड पुगेको छ । बैंकले यस अघि प्रावधानमा राखेको ६५ करोड ४० लाख रुपैयाँ फिर्ता ल्याएको छ ।
बैंकले निक्षेप संकलन ६.२० प्रतिशत र कर्जा लगानी २८.८२ प्रतिशतले वृद्धि गरेको छ । बैंकको पुँजी कोष पर्याप्तता अनुपात १६.४१ प्रतिशत छ । खराब कर्जा अनुपात ३.८२ प्रतिशत, पुँजी कोष लागत ४.८१ प्रतिशत छ ।

बैंकको प्रतिसेयर आम्दानी २९.४९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८. ८३, प्रतिसेयर नटवर्थ २ सय ८४ रुपैयाँ, सेयरमा प्रतिफल १०.६० रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment