Comments Add Comment

इलेक्ट्रिक क्रसओभर कार ल्याउँदै ‘बिवाइडी’,चार्जिङ स्टेशनहरु पनि राखिने

२६ माघ, काठमाडौं । संसारकै सवैभन्दा ठूलो मध्येको एक अटोमोवाइल र रिचार्जेबल ब्याट्री उत्पादक चिनियाँ कम्पनी बिवाइडीका विद्युतीय सवारी नेपाल भित्रिने भएका छन् । देशभर १३ ठाउँमा चार्जिङ स्टेसन राखेर बिवाइडीका साना र ठूला विद्युतीय सवारीसाधन बिक्री गर्न लागिएको हो ।

कम्पनीको नेपालको आधिकारिक विक्रेता बिवाइडी सिमेक्सले सुरुवातमा विद्युतीय कारको बिक्री गर्ने भएको छ । कम्पनीले विद्युतीय ई-६को बिक्री गरी विद्युतीय परिवहन बिक्रीको प्रारम्भ गर्ने प्रमुख कार्यकारी अधिकृत अनुप बस्नेतले जानकारी दिए ।

नेपालमा लोडसेडिङ अन्त्य हुने संकेत देखिएपनि अब विद्युतीय सवारीलाई प्रवर्द्धन गर्न थालिएको छ । महिन्द्राको विद्युतीय कारको बलियो बजारमा अब बिवाइडी पनि प्रवेश गर्दैछ । बिवाईडीको आधिकारिक क्रिकेता सिमेक्समा सांग्रिला र टिबिआईको आधा-आधा शेयर छ ।

पहिलो चरण्मा कार ल्याएर बिक्री थालिएपछि ठूला विद्युतीय बस पनि ल्याएर सञ्चालन गर्न कम्पनीले सरकारी तहमै पहल थालेको छ । अब लोडसेडिङ हट्ने निश्चित भएपछि बिवाइडीका स्तरीय विद्युतीय सवारीलाई प्रवर्द्धन गर्न लागिएको हो । कम्पनीले केही समयपछि नै बिवाइडी ई-३ कार पनि ल्याएर बिक्री थाल्ने योजना बनाएको प्रमुख कार्यकारी अधिकृत बस्नेतले बताए ।

कस्तो छ ‘इ-६’ ?

सिमेक्सले केही दिनमै एसयुभी क्रस ओभर कार सार्वजनिक गर्दैछ । ‘इ ६’ मोडेलको यो एसयुभी पनि एकपटक फूल चार्ज भएपछि ४ सय किलोमिटर दौडन्छ । यो कारको अधिकतम् गति एकसय ४० किलोमिटर प्रतिघण्टा हुने बस्नेतले बताए।


५ जना यात्रु क्षमताको यो कार अग्नी प्रतिरोधक फिचर्सका साथ आउनेछ । हेर्दा आकर्षकमात्रै होइन यो कार उत्तिकै शक्तिशाली पनि छ ।

सिमेक्सले प्यासेन्जर भेहिकलतर्फ ‘ई ३’ मोडेलको गाडी समेत भित्र्याउँदैछ । एकपटक पूरा चार्ज गर्दा यो गाडी ४ सय किलोमिटर गुड्न सक्छ ।

के-९ बस र चार्जिङ स्टेशन


यसैगरी राजमार्ग क्षेत्रमा नै चार्जिङ स्टेशन राखेर लामो दूरीमा समेत विद्युतीय बस चलाउन प्रोत्साहन गर्न लागिएको छ । कम्पनीले नेपालमा विद्युतीय मास ट्रान्सर्पोटेशनमा चीनमा अत्याधिक लोकप्रिय भइसकेको विवाइडीको ‘के-९’ बस पनि भित्र्याउनेछ । अपांगमैत्री यि यो बस ७० किलोमिटर प्रतिघण्टा दौडन्छ ।

यो बस ल्याउन काठमाडौं महानगरपालिकासँग पनि कम्पनीले छलफल अघि बढाएको छ । यो बसलाई लामो रुटमा पनि चलाउने र विमानस्थलमा समेत यसको प्रयोगलाई प्रोत्साहन गरिने भएको छ ।

विद्युतीय सवारीका लागि सिमेक्सले सुनरीको इटहरी, महोत्तरीको बर्दिबास, पर्साको वीरगंज, चितवनको नारायणगढ, कास्कीको पोखरा रुपन्देहीको बुटवल र बाँकेको नेपालगञ्जमा चार्जिङ स्टेसन स्थापनाका लागि काम थालिएको छ ।

अबको ६ महिनाभित्र चार्जिङ स्टेशन बनिसक्ने र त्यसपछि आक्रामक रुपमा बजार विस्तार गर्ने सिमेक्सले जनाएको छ ।

उपत्यकाभित्र भक्तपुरको सल्लाघारी, ललितपुरको जावलाखेल, दरवारमार्ग, कलंकी र बालुवाटर, चावहिल चोकमा पनि चार्ज गर्ने स्टेशन खडा हुनेछन् । यि स्टेशनमा विद्युतीय गाडीहरु चार्ज गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment