Comments Add Comment

निखिलको हर सासमा नीता


नायक निखिल उप्रेतीले चलचित्र क्षेत्रमा कमब्याक गरेपछि धेरै नायिकासँग काम गरेका छन् । तर, उनको जोडी रिलिज भएका ३ चलचित्रका कुनै पनि नायिकासँग जमेन ।

यसैले पनि नायिका नीता ढुंगाना र उनको जोडी पर्दामा जम्न सक्छ या सक्दैन भन्ने प्रतिक्षा धेरैको छ । निखिल र नीताको मुख्य भूमिका रहेको चलचित्र ‘निर्भय’ चैत्र ११ गतेबाट रिलिज हुँदैछ ।

यो चलचित्रको ट्रेलरले राम्रै चर्चा पाइरहेको छ । चलचित्रमा समावेश ‘मेरो हर सासमा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । रोजी लाबुङ राइको शब्द रहेको यो गीतमा ताराप्रकाश लिम्बु र रजिना रिमालको स्वर, लिम्बुकै संगीत छ ।

यो गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । मधुसुदन भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रलाई देविप्रसाद पाण्डेले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment