Comments Add Comment

नेपालले इमर्जिङ कप खेल्ने, यूएईको सट्टा मलेसियाले मौका पायो

१३ फागुन, काठमाडौं । नेपालले एसीसी इमर्जिङ कप खेल्न पाउने भएको छ । चैत १२ देखि बंगलादेशमा हुने यो प्रतियोगितामा भारत र पाकिस्तानसहित ४ टेष्ट देशको यू-२३ वा ए टिमसहित ८ देशले भाग लिनेछन् ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपको तालिका नजिक पर्ने भन्दै यूएईले नाम फिर्ता लिएपछि एसीसीले एकदिवसीय मान्यता प्राप्त देशलाई मात्र खेलाउने निर्णय लिएको थियो । एसीसी बोर्ड बैठकको यो निर्णयले नेपालले इमर्जिङ कप गुमाउने अवस्था आएको थियो ।

तर, हङकङले प्रतियोगिता खेल्ने बचन दिएको छ । साथै नेपालले पनि निर्णयमा पुनर्विचार गर्न अपील गरेका थियो । क्रिकेट संघकी पूर्व सीईओ एवं आईसीसी स्थानीय प्रतिनिधि भावना घिमिरेले भनिन्, हामीले खेलाडीहरुको तर्फबाट अपील गरेका थियौं । अब खेल्न पाउने भएका छौं ।’

यूएईको सट्टा मलेसियाले खेल्नेछ । मलेसिया क्रिकेट संघका अध्यक्ष महिन्दा भालिपुरमले आफ्नो देशले इमर्जिङ कप खेल्ने पक्का भएको बताएका छन् ।

एसीसी इमर्जिङ कप मार्च २५ देखि अपि्रल ५ अर्थात चैत १२ देखि २३ सम्म हुनेछ ।

इमर्जिङ कपको पहिलो संस्करण २०१३ मा भएको थियो र, पाकिस्तानलाई हराउँदै भारतले उपाधि जितेको थियो । तर, त्यसपछि यसले निरन्तरता पाएन ।

पछिल्लो पटक एसीसी ब्यूँतिएपछि इमर्जिङ कपले पनि निरन्तरता पाउने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment