Comments Add Comment

किंग्स कलेजले ‘हाम्रो उत्सव’ कार्यक्रम गर्ने


१५ फागुन, काठमाडौं । किंग्स कलेजले श्रृजना, प्रतिस्पर्धा र मनोरञ्जन विषयबस्तुमा फागुन १७ र १८ गते काठमाडाैंको कमलादीस्थित एकेडेमी हलमा ‘हाम्रो उत्सव’को आयोजना गर्ने भएको छ ।

गत वर्षको किंग्स उत्सवको अपार सफलतापछि कलेजले यस कार्यक्रमलाई आˆनो वाषिर्क फ्ल्यागसिप कार्यक्रमको रुपमा स्थापना गर्ने उदेश्यका साथहाम्रो उत्सवको नाममा आयोजना गर्न लागेको जनाएको छ ।

किंग्स कलेजको मूल मन्त्र शिक्षा, उद्यमशिलता र इन्टरटेन्मेण्ट मनोरञ्जनमाथि प्रमुख जोड दिइएको उत्सव स्नातकोत्तर र स्नातक तहका विद्यार्थीहरुका लागि नेपालको सबैभन्दा बृहत कार्यक्रम हुने अपेक्षा गरिएको छ ।

सात दिने वाषिर्क कार्यक्रमले विद्यार्थीहरुलाई उनीहरुको ज्ञान, सीप, अनभव र प्रतिभाको प्रष्फुटन गराउन अत्यावश्यक मञ्च प्रदान गर्ने कलेजले जनाएको छ ।

विभिन्न क्रियाकलाप तथा प्रतिस्पर्धाहरुको सँगालो यस उत्सवले विद्यार्थीहरुलाई उनीहरुको उद्यमशिलता क्षमताको प्रदर्शन गर्न, लुकेर बसेको श्रृजनशिलताको उद्घाटन गर्न र मनोरञ्जन र उत्साहको क्षण प्रदान गर्न सहयोग गर्ने कलेजका कार्यकारी निर्देशक एवं प्रिन्सिपल नरोत्तम अर्यालले बताए ।

‘गतवर्ष किंग्स् उत्वसको नाममा अन्तर विजनेश स्कुल प्रतिस्पर्धाको रुपमा सुरु भएको यस कार्यक्रम हाम्रो उत्सवको रुपमा परिबर्तित र बिस्तारित भइ नेपाल भरीको विद्यार्थीहरुका माझ एक बृहत प्रतिस्पर्धाको रुपमा स्थापित हुन लागेको छ,’ कलेजका कार्यकारी निर्देशक अर्यालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment