+
+
Shares

दुई मन्त्रीको मन्त्रालय फेरियो, हितराजले पशुपंक्षी मन्त्रालय लिन मानेनन्

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २६ गते १६:१९

२६ फागुन, काठमाडौं । कमल थापाको नेतृत्वमा राप्रपा सरकारमा सहभागी भएपछि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदका दुई सदस्यको मन्त्रालय हेरफेर भएको छ । राप्रपा अध्यक्ष थापालाई प्रचण्डले उपप्रधान र स्थानीय विकास मन्त्री नियुक्त गरेका छन् । थापासँगै सरकारमा सहभागी दिलनाथ गिरीलाई पर्यटन मन्त्री बनाउने तयारी छ । उनीहरुको पद तथा गोपनियताको सपथ आजै साँझ ६ बजे राखिएको छ ।

कमल थापा स्थानीय विकास मन्त्री भएसँगै माओवादी नेतासमेत रहेका हितराज पाण्डेको मन्त्री पद खोसिएको छ । प्रचण्डले पाण्डेलाई पशुपंक्षी मन्त्रालय सम्हाल्न आग्रह गरेका थिए । तर, पाण्डेले त्यसलाई अस्वीकार गरेकाले उनलाई फिर्ता बोलाउने सम्भावना छ । यद्यपी पाण्डेलाई विना विभागिय मन्त्री बनाउनेबारे पनि छलफल छलिरहेको स्रोतले बतायो ।

यसैगरी राप्रपाले पर्यटनमन्त्री लिने भएपछि कांग्रेसका जीबनबहादुर शाहीलाई खानेपानी तथा सरसरफाई मन्त्रालयको जिम्मा दिने तयारी गरिएको छ । यो मन्त्रालय हाल प्रेमबहादुर सिंहले सम्हाल्दै आएका छन् । सिंहलाई विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ ।

विज्ञान तथा प्रविधि र पशुपक्षी विकास मन्त्रालय हाल प्रधानमन्त्री प्रचण्ड आफैले सम्हाल्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?