+
+

बन्दको अवज्ञा गरेको भन्दै कपिलवस्तुमा मोटरसाइकल तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २७ गते ९:२१

२७ फागुन, कपिलबस्तु । बन्दको अवज्ञा गरेको भन्दै संघीय गठबन्धनका कार्यकर्ताले कपिलबस्तुमा एउटा मोटरसाइकल तोडफोड गरेका छन् । बन्द गराउँदै हिँडेका गठबन्धनका कार्यकर्ताले कपिलवस्तुको जहदी चोकमा लु ६ प ४१४८ नम्बरको मोटरसाकल तोडफोड गरेका हुन् ।

कपिलबस्तुमा बन्दकर्ताहरुले पत्रकार, एम्बुलेन्स र कुटनीतिक नियोगका सवारीसाधन समेत चल्न दिने सदभावाना पार्टीका केन्द्रीय सदस्य रबीदत्त मिश्र बताए ।

बिहानैदेखि गठबन्धनका कार्यकर्ताले कपिलबस्तुको विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । कपिलवस्तुको तौलिहवा, महाराजगन्ज, कृष्णनगर, जहदी, धनकौली, बहादुरगन्ज, खरेन्द्रपुर, चन्द्रौटा, जवाभारीलगायतका मुख्य बजार पूर्ण रुपमा बन्द छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?