+
+

नेपाल प्रहरीका ४ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते २३:०९

४ जेठ, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

मन्त्रालयमा शुक्रबार अबेर बसेको बढुवा समितिको बैठकले एसएसपी कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारीलाई बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा भएकामध्ये पोखरेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत् छन् भने कार्की, केसी र अधिकारी प्रहरी प्रधान कार्यालयमा कार्यरत् छन् ।

कार्की जिल्ला प्रहरी परिसर, काठमाडौंकेसी उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रमुख भएका बेला नक्कली भुटानी शरणार्थी प्रकरणको पटाक्षेप भएको थियो । पछि कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा उनीहरुको जिम्मेवारी खोसिएको थियो ।

बढुवा सिफारिस सूचीको चौथो नम्बरमा रहेका अधिकारी पनि प्रहरीभित्रका इमान्दार र व्यवसायिक अधिकृत मानिन्छन् ।

हेर्नुस् सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?