बिहीबार, ११ जेठ, २०७४
OnlineKhabar.com

वैदेशिक रोजगारीको ‘पीडा’ लाई कसरी अवसरमा बदल्ने ? शेष घलेका चार टिप्स

रामचन्द्र नेपाल

क्वालालम्पुर । परिवार र मुलुक छाडेर विदेशी भूमिमा श्रम गर्न जानु कसैको पनि रहर हुँदैन । नौलो परिवेशमा जोखिमयुक्त काम, अर्कै भाषा र अर्कै कानुनका बीच वैदेशिक रोजगारीको यात्रा पीडादायी यथार्थ हो ।

देशमा रोजगारीको अवसर नहुँदा अहिले ३० लाखभन्दा बढी नेपालीहरुले विदेशमा पसिना बगाइरहेका छन् । दुई दशकअघि अष्ट्रेलियामा विद्यार्थीका रुपमा शून्यबाट संघर्ष गरेका शेष घले अहिले त्यहाँको धनी व्यक्तिहरुको सूचीमा पर्छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष समेत रहेका घलेले वैदेशिक रोजगारीको पीडालाई अवसरमा बदल्ने केही सूत्र दिएका छन् ।

मलेसियामा जारी गैरआवासीय नेपाली संघको पाँचौं क्षेत्रीय सम्मेलनमा उनले राखेका विचारका केही अंश विदेशमा कार्यरत नेपालीहरुका लागि खर्चिएका थिए । त्यसमध्ये उनले दिएका टिप्स यस्ता छन्ः

१. मलेसियामा कार्यरत लाखौं नेपाली दाजुभाइलाई मेरो एउटै अनुरोध छ, परदेशिनुको यो पीडालाई अवसरमा बदल्नुहोस् । हरेक समस्याले नयाँ-नयाँ सम्भावनालाई सँगै लिएर आएको हुन्छ । यहाँको भौतिक विकास, पद्धति र तपाईंले गरेको कामको अनुभवलाई नेपालमा लगेर प्रयोग गर्नुहोस् ।

२. तीन वर्ष मलेसियामा बस्दा तपाईंले कमाएको केही लाख रुपैयाँ नेपालमा साना व्यवसाय सुरु गर्न बीउ पुँजी हुनसक्छ । त्यसैले विदेशमा पसिना बगाएर कमाएको एक-एक पैसा तपाईंले नेपालमा आयमूलक क्षेत्रमा लगानी गर्ने योजना बनाउनुहोस् ।

३. एक्लै सकिँदैन भने आफू जस्तै मन मिल्ने साथीहरुको समूह बनाउनुहोस् । कृषि, साना उद्योग, पर्यटन लगायतका क्षेत्रमा सामूहिक लगानी गर्ने योजना बुन्न थाल्नुहोस् । घर फर्किएपछि के काम गर्ने भन्नेबारेमा छलफल गर्नुहोस् । कुनै देशबाट फर्किएपछि केही महिना नेपाल बस्ने क्रममा कमाएको पैसा सकिने र फेरि अर्को देश जान म्यानपावर कम्पनी धाउने अवस्था नआओस् ।

४. दुई-तीन वर्ष विदेशी भूमिमा पसिना बगाउँदा तपाईंहरुले आफ्नै जीवनलाई हेर्ने दृष्टिकोणमा धेरै परिवर्तन पाउनुहुनेछ । त्यस क्रममा हातमा केही लाख पुँजी हुनेछ, तपाईं जस्तै पुँजी भएका साथीहरुको समूह हुनेछ । यही बलले तपाईंले नेपालमै केही गर्न सक्नुहुन्छ । किनकि नेपालमा अवसर नभएको हैन, त्यसलाई पहिचान गर्न नसकिएको मात्र हो ।

२०७३ चैत ६ गते १८:३९ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
६ प्रतिकृयाहरू प्राप्त
  • nokhai लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते १३:०४

    good sugesan

    2
    0
    Share

  • Eric लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते १४:०५

    के गर्ने अबसर त भाकै हो । तर केहि गरम भन्दा नि सरकारी निकायले त्यो पुगेन, यो ल्या भन्दै कमिसन नखाई कामै गर्दैन । अनि कसरी बस्‍ने नेपालमा???

    16
    1
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते १५:३१

    These four tips are well noted Mr. Ghale, thank you for your diligence insight knowledge sharing with us. The problems are not with rural youth or these village boy, they are innocent, but main problem is remain in country. There is no good agricultural marketing policy, middle man speculation made small enterprise are stranglehold by these middle man, corrupted bureaucrats and syndicate. You could talk with PM and senior Government officer and all top political leader, please ask them to lift these barriers for these youth might face in future.

    8
    1
    Share

  • नरेन्द्र थापा लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते ८:२८

    खै घले ज्यु भन्नु र गर्नु मा धेरै फरक हुन्छ। हजुरले भने जस्तै कुरा यो भन्दा अगाडि बिदेश गएर आएका व्यक्तिहरुले नसोचेका पनि त हैनन् होला नि तर नेपालमा राजनितिक अवस्था देखि लिएर हरेक कुराले साथ दिनु पर्छ। यति सम्म छ कि १०० रुपैया लगानि गर्नको लागि चन्दा ,सहयोग घुसपैठ आदिले ५० रुपैया मायाँ मार्नुपर्छ।ल अवआफै भन्नुस कसरी हुन्छ ?

    0
    0
    Share

  • Nanda Ghale लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १०:४७

    Thanks a lot for the the useful and mondful tips but main reason is our goverment has to think about this and plan for such environments to encourage youngsters to invest in the own country.
    Secondly goverment must have some financial plan to the investors because earning of arab is nkt good enought to invest for any business at the moment.

    Thanks a lot

    0
    0
    Share

  • सुबोध गौतम लेख्नुहुन्छ    |   २०७३ चैत ११ गते ८:०८

    शेष घले को भनाई मलाइ ठिक लाग्यो, बैदेशिक रोजगार मा साथी भाई ले पहिला बुज्नु पर्छ कि मेहिनेत गरेर यहि लाभ लिन सकिन्छ

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this