Comments Add Comment

चौथो टेष्टमा भारतबिरुद्ध अष्ट्रेलियाको औषत प्रदर्शन, ३०० मा अलआउट

१२ चैत, काठमाडौं । डेब्यू खेलाडी कुलदीप यादव एक्लैले चार विकेट झारेपछि भारतबिरुद्धको चौथो टेष्टको पहिलो इनिङमा अष्ट्रेलिया ३ सय रनमा समेटिएको छ ।

धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले उत्कृष्ट सुरुवात गरेको थियो । म्याट रेन्सो १ रनमै आउट भएपनि ओपनर डेभिड वार्नर र कप्तान स्टिभ स्मिथले लञ्च अगाडिसम्म १३० रनको साझेदारी गर्दै अष्ट्रेलियालाई बलियो स्थितिमा पुर्‍याएका थिए ।

लञ्च लगत्तै अष्ट्रेलियाको विकेटपतन सुरु भयो । वार्नर ५६ रनको व्यक्तिगत स्कोरमा कुलदीपको बलमा आउट भए । उनले लगातार पिटर हृयाण्ड्सकोम्ब र ग्लेन म्याक्सवेलको विकेट लिए । कप्तान स्मिथले एउटा एण्डबाट टिकेर खेल्ने प्रयास गरेपनि उनी १११ रनको शतकीय इनिङपछि रविचन्द्रन आश्विनको बलमा आउट भए ।

अलआउटअर्फ अघि बढेको अष्ट्रेलियाको इनिङ सातौं नम्बरमा ब्याटिङमा आएका विकेटकिपर म्याथ्यु वेडले ५७ रन बनाएर केहि उकासे । प्याट क्युमिन्सले २१ र नाथान ल्योनले १३ रन अष्ट्रेलियाको खातामा जाडे । कुलदीपका अलावा उमेश यादवले २, आश्विन, भुवनेश्वर कुमार र रविन्द्र जडेजाले १/१ विकेट लिए ।

आजै दोस्रो इनिङको सुरुवात गरेको भारतले १ ओभर ब्याटिङ गर्दा रनको खाता खोल्न सकेको छैन । भारतले मुरली बिजय र केएल राहुललाई ओपनिङमा पठाएको छ ।

दुईबीचको यसअघि सम्पन्न तीन टेष्टमा दुवैले एक एक खेल जितेका छन् । एक खेलमा बराबरीको नतिजा निस्किएको थियो । त्यसैको यो निणर्ायक टेष्ट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment