Comments Add Comment

पूर्खाले सिकाएका यी कुरा, स्वास्थ्य र सौन्दर्यका लागि कति उपयोगी ?

सुपाच्य र सन्तुलित खानपान, नियमित दिनचर्या र सकारात्मक सोच । यी तीन कुराले मानिसलाई आन्तरिक रुपमै आकर्षक देखाउाछ, प्रभावशाली पनि । स्वास्थ्य जीवनशैलीको तीन सूत्र पनि यही हो, उचित आहार, उचित बिचार र उचित बिहार ।
सुत्ने र उठ्ने समय तालिका निर्धारण गरौं । हामीले कम्तीमा ७ घण्टा मस्त निदाउन जरुरी हुन्छ । अतः राती चाडै सुत्नु राम्रो हो । बिहान सूर्योदयअघि नै उठ्नु पर्छ । सूर्योदयअघिको समयलाई ब्रम्हा मूर्हत भनिन्छ, जतिबेला वायुमन्डलमा चल्ने हावा स्वास्थ्यकर मानिन्छ । यसलाई प्राणवायु पनि भनिन्छ ।ब्रम्हा मूर्हत अर्थात सूर्योदयअघि उठ्ने

घाम अस्ताउनुअघि खाना खाने

सााझ घाम अस्ताउनुअघि नै रात्रीकालिन खाना खाइसक्नु पर्छ । घाम अस्ताइसकेपछि खाएको खानेकुरा बिष समान हुन्छ भनिन्छ । यसको बैज्ञानिक कारण पनि छ । राती शरीर निश्किय हुने भएकाले त्यस समय खाएको खानाले पाचन यन्त्रमा असर गर्छ । त्यो खाना शरीरको लागि प्रत्युपादक हुन्छ, जो बिष समान हो ।

रात्रीकालिन खानाको तीन घण्टापछि सुत्ने

रात्रिकालिन खाना खाने र सुत्ने समयबीच तीन घण्टाको अन्तर हुनुपर्छ । खाना खानसाथ सुत्नु हुादैन । राती घाम अस्ताउनुअघि खाना खाइसकेपछि केहि क्षण टहल्ने बानी राम्रो हो । सुत्नुअघि हल्का व्यायाम गर्नुपर्छ ।

बिहानको खाना आफुलाई, रातीको सत्रुलाई

एउटा उखान छ, बिहानको खाना आफु खानु । मध्यन्हको साथीसँग बाढेर खानु । रातीको खाना सत्रुलाई दिनु ।

बिहानको खाना अर्थात ब्रेकफास्ट शरीरको लागि आवश्यक हुन्छ । त्यसले दिनभरका लागि शरीरलाई उर्जा प्रदान गर्छ । त्यसैले ब्रेकफास्ट छुटानै हुन्न । सकेसम्म ब्रेकफास्ट पर्याप्त लिनुपर्छ । त्यसपछिको खाना भने क्रमस घटाउदै लानुपर्छ । मध्यन्नको खाजा ब्रेकफास्ट भन्दा आधा कम हुनुपर्छ । त्यसपछि रातको खाना एकदमै हल्का र सुपाच्य हुनुपर्छ । यस किसिमको खाने शैली एकदमै स्वास्थ्यकर मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment