Comments Add Comment

के प्रियंका र दयाको दुरी बढेको हो ?

नायिका प्रियंका कार्कीलाई लिएर चलचित्र बजारमा हुने गरेको गसिप रोकिएको छैन । तर, बिषयवस्तु परिवर्तन भएको छ । अहिले, प्रियंकालाई लिएर हुने गरेको चर्चा उस्तै छ, पात्र फरक छन् ।

नायिका कार्की यतिबेला आफू भन्दा कान्छा नायक आयुष्मान देसराजको प्रेममा छिन् । नेपाली मिडिया अहिले यी दुइको प्रेम चर्चा केलाउनमा व्यस्त छ ।

प्रियंका एकाएक कसरी आयुष्मानको प्रेममा परिन् ? यो पनि खुलदुलीको बिषय हो । चलचित्र ‘कथा काठमाण्डौ’मा काम गर्न सुरु गरेसँगै यी दुइ प्रेममा रंगिएका थिए ।

जब, आयुष्मानसँग प्रियंकाको प्रेम चर्चा सुरु भयो, अर्का नायक दयाहाङ राइसँगको प्रेम चर्चा सकियो । दया र प्रियंकाले केहि चलचित्रमा एकसाथ काम मात्र गरेनन्, प्रोडक्शन हाउस पनि खोल्ने कुरा गरे ।

तर, अब दया र प्रियंकाले एकसाथ प्रोडक्शन हाउस खोल्ने संभावना न्यून देखिएको छ । सधै दयासँग नाम जोडिदा मख्ख पर्ने प्रियंका हिजोआज दया र आफ्नो प्रेम चर्चा हल्ला मात्र थियो भन्न थालेकी छिन् ।

दया र प्रियंकाले धेरै फिल्ममा काम पनि गरे । यी दुइको पहिलो भेट, चलचित्र ‘झोले’बाट भएको थियो । यो चलचित्रपछि यी दुइ निकै नजिक भएका थिए । अहिले चलचित्र ‘मिस्टर झोले’को निर्माण कार्य पनि सुरु भैसकेको छ । तर, यो चलचित्रमा भने दयाकी नजिककी नायिका भनिएकी प्रियंका छैनन् ।

जब, ‘मिस्टर झोले’मा प्रियंका भइनन्, त्यसपछि भने दया र प्रियंकाको दुरी बढेको चर्चा हुन थालेको छ । हरेक दिन जस्तै, आफ्नो फेसबुकमा दयासँगको तस्बिर राख्ने प्रियंका हिजोआज त्यो काम गर्दिनन् ।

यसैले, कतै प्रियंकाको जीवनमा नयाँ यूवकको आगमन भएसँगै दया केहि टाढा भएका त होइनन् भन्ने प्रश्न उठेको छ ? हुनत, दयाले प्रियंका र आयुष्मानको जोडी निकै सुहाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment