Comments Add Comment

मधेसी दल चुनाव तयारीमा, राजपा छाता चिह्नको विकल्प रोज्न तयार


१२ वैशाख, काठमाडौं । सरकारले फास्ट ट्याकबाट संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएपछि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले चुनावको आन्तरिक तयारी थालेका छन् ।

प्रधानमन्त्री, गृहमन्त्री र निर्वाचन आयोगका पदाधिकारीसँग यी दुई दलले सोमबार बिहान गरेको छलफल सकारात्मक भएको छ । छलफलपछि आयोगले मोर्चाको मागअनुसार, उम्मेदवारी मनोनयन दर्ता गर्ने समय तीन दिन थपेको छ । यसअघि १६ गतेका लागि तोकिएकोमा सारेर १९ गते पुर्याइएको छ ।

छलफलमा राजपाले छाता चुनाव चिह्न दिन गरेको आग्रह निर्वाचन आयोगले मतपत्र छापिइसकेको कारण देखाउँदै अस्वीकार गर्यो । यसका विकल्पमा राजपाको नाममा एकीकरण हुनुअघिका ६ दलमध्ये कुनै एकको चुनाव चिह्न प्रयोग गर्न आयोगले सुझायो । प्रचार प्रसार भने राष्ट्रिय जनता पार्टीकै नामबाट गर्न सकिने आयोग पदाधिकारीले बताएका थिए ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आयोगको सुझावपछि अब कुन चुनाव चिह्न लिएर मतदानमा भाग लिने भन्ने निर्णय गर्न आफूहरु छलफलमा रहेको बताएको आजको नागरिक दैनिकले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment