Comments Add Comment

कृषिमा मनपरी, कार्यविधि मिच्दै ३२८ कर्मचारी विदेश भ्रमणमा


१४ वैशाख, काठमाडौं । कृषि विकास मन्त्रालयका कर्मचारी अन्तर्राष्ट्रि गैरसरकारी संस्था –आइएनजिओ) को खर्चमा विदेश भ्रमण गर्ने क्रम बढेको छ । चालू आर्थिक वर्ष ०७३–७४ को चैत मसान्तसम्म ९५ पटक गरी ३ सय २८ कर्मचारी विदेश भ्रमणमा गइसकेका छन् । यस अवधिमा २१ भन्दा बढी देशमा कृषिका कर्मचारी पुगेका छन् ।

कृषिका विभिन्न परियोजनामा लगानी गर्न आएका आइएनजिओले सन्तोषजनक खर्च गर्न नसकेपछि कर्मचारीलाई विदेश घुमाएर रिझाउने सजिलो उपाय अपनाएको सरोकारवालाहरु बताउँछन् ।

सरकारले दुई वर्षअघि संयुक्त राष्ट्र संघबाहेकका आइएनजिओको खर्चमा विदेश जान नपाउने नियम बनाए पनि कृषिका कर्मचारीलाई त्यसले छोएको छैन । नयाँ पत्रिका दैनिकका अनुसार, कर्मचारीलाई विदेश भ्रमणमा लैजानेमा संयुक्त राष्ट्र संघमा आबद्धभन्दा अन्य आइएनजिओ धेरै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment