Comments Add Comment

युएईबाट रेखाको आग्रह- आइदेऊ, माया लाइदेऊ (भिडियोसहित)


२७ अप्रिल, युएई । युएईको नेपाली सांगीतिक क्षेत्रमा रेखा घिमिरे परिचय दिइरहनु नपर्ने नाम हो । विगत १० वर्षदेखि युएईमा रोजगारी गर्दै आएकी मोरङकी घिमिरेले कर्णप्रिय गीतहरु गाएर आफ्नो प्रतिभालाई युएईमा मात्र सीमित राखेकी छैनन् । वर्षेनि एकएक वटा गीत सार्वजनिक गर्दै आएकी उनको फ्यानहरुको संख्या बडिरहेका छन् ।

रेखा सुमधुर स्वरकी धनी त त्यसैछिन्, शब्द र संगीतको भावमा डुबेर गीत गाउन पनि खप्पिस छिन् । थोरै गाउने तर परिष्कृत गीत गाउने घिमिरेको स्वर कुनै व्यवसायिक गायक-गायिकाभन्दा कम छैन । तीन वर्षअघि ‘खुसी’ एल्बम सार्वजनिक गरेर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो गायकीको सशक्त छाप छाडेकी घिमिरे यसपालि ‘रेखा’ एल्बमको तयारीमा छिन् ।

उनै घिमिरेको स्वरमा सजिएको एक गीतको भिडियो वैशाख १२ मा सार्वजनिक भएको छ । आकर्षक सेटमा तयार भएको उक्त भिडियो परम्परागत ट्रेन्डभन्दा फरक शैलीको छ । पासाङ योन्जन लामाको निर्देशनमा बनेको उक्त गीतको भिडियोमा नायिका वर्षा शिवाकोटी र दिपक घिमिरेको अभिनय रहेको छ । सीमा गुरुङको मेकअप, विज्ञान र सुमनको सहनिर्देशन, ज्ञानेन्द्र शर्माको छायांकनमा बनेको म्युजिक भिडियो युट्युबमा दिनानुदिन लोकपि्रय बन्दै गएको छ ।

उक्त गीतको भिडियो ‘आइदेऊ माया लाइदेऊ’ बोलको पपगीतको रचना गोविन्दप्रसाद उपाध्यायले गरेका हुन् भने संगीत स्वयम् गायिकाको रहेको छ । उक्त गीतको म्युजिक एरेन्ज राजन इसानले गरेका हुन् ।

प्रवीन श्रेष्ठको सम्पादनमा तयार भएकोे उक्त भिडियोले गीतको भावलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको गायिका घिमिरेले बताइन् ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएईकी अध्यक्ष समेत रहेकी गायिका घिमिरे युएईमा रहेर पनि संगीतको गहिरो ज्ञान भएकी र श्रृतिमधुर गीतकी सर्जक गायिकाको रुपमा परिचत छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment