Comments Add Comment

७ वर्षदेखि शहीद अधिकारीको शालिक अलपत्र

शहीद अधिकारीकाे शालिक देखाउदै शहीद पत्नि अञ्जु अधिकारी

१४ बैशाख, नेपालगन्ज । लोकतन्त्र आएको ११ वर्ष भयो । तर, लोकतन्त्र ल्याउन ज्यानको आहुती दिने शहीदको शालिक राख्ने ठाँउ उपलब्ध हनु सकेको छैन ।

दोस्रो जनआन्दोलन ०६२/०६३ मा नेपालगन्जमा भएको आन्दोलन कै क्रममा शहीद भएका हरि अधिकारीको शालिक अनावरण गर्ने स्थानको अभावले ७ वर्षदेखि शालिक अलपत्र परेको छ ।

२०६२/२०६३ को आन्दोलनमा पेशागत सञ्जालले नेपालगन्जमा आयोजना गरेको र्‍यालीमा सहभागी हुँदा नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक अधिकारीको निधन भएको थियो ।

अधिकारीको अर्धकदको शालिक अनावरण गर्नको लागि स्थान अभावको कारण विगत ७ वर्षदेखि महेन्ऽ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको कार्यालय भित्रको गोदामघरमा थन्किएको छ ।

सहिद अधिकारीको शालिक राख्ने ठाउँ नदिइएका कारण गोदाम मै थन्काउनु परेको हो । आन्दोलन सफल भई गणतन्त्र आएको दशक पुगिसक्दा समेत कतैबाट ठाउँको ब्यवस्थापन नहुँदा शालिक गोदाममा थन्काउनु परेको शहीद पत्नी अञ्जु शर्मा अधिकारीले दुख व्यक्ति गरिन ।

शहीद पत्नी अधिकारीले नै आफ्नै खर्चमा काठमाडौंबाट ८० हजार खर्च गरेर अर्धकदको पत्थरको शालिक बनाउन लगाएकी थिइन । ‘बनाएर नेपालगन्ज ल्याएको ७ वर्ष भएछ, उनले भनिन्, ‘राख्ने ठाउँ नै पाइएन,गोदाम मै थन्काउनु परेको छ ।’

शहीद हरि अधिकारीको शालिक महेन्ऽ बहुमुखी क्याम्पस नजिकै रहेको ट्राफिक चोकमा राख्न स्थानीय शान्ति समिति, स्थानीय राजनीतिक दलले निर्णय नै गरेको थियो ।

पहिले ट्राफिक चोकमा शहिद हरि अधिकारीको फोटोलाई काठको खम्बामा ठोकेर ‘शहीद हरि अधिकारी’ चोक लेखिएको थियो ।

त्यो देखेर केही प्राध्यापक संघ र केही आफ्नै करिव ४५ हजार खर्च गरी पिल्लर बनाए त्यो पनि बाटो बनाउदा थाहै नदिई भत्काईएको अञ्जुले बताइन ।

शहीद अधिकारीकाे शालिक राख्ने भनिएकाे ठाउँ

‘अहिले सो ठाउँमा पिलर छैन,’ उनले त्यो बेलाको अवस्था सम्झदै भनिन-‘शालिक राख्ने भनेर ट्राफिक चोकमा छोरा आशिष र त्यसबेलाका प्राध्यापक संघका उपाध्यक्ष अर्जुन गौतमले संयुक्तरूपमा शिलान्यास गरेका थिए ।

सेतुबिकको शालिक अनाबरण भइसक्यो तर सहिद हरि अधिकारीको शालिक राख्न दिने कोही नभएको अधिकारीको गुनाशो छ ।

शहीद हरि अधिकारीको शालिक राख्नको लागि महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख गणेश रेग्मीले आफुहरुले पटक-पटक पहल गर्दा पनि सफल हुन नसकेका बताए ।

उनले विभिन्न समयमा भएका स्थानीय शान्ति समितिको बैठक र सर्वदलीय बैठकमा पनि कुरा उठेपनि त्यतिकै सेलाएर जाने गरेको बताए ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका पूर्व क्याम्पस प्रमुख मोहन शाहले राज्यले नै नचाहेको कारण शहिद हरि अधिकारीको शालिक अलपत्र परेको ठोकुवा नै गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment