+
+

भरतपुरमा भेटिएको बम सेनाद्वारा निस्क्रिय

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ३० गते ७:३२

३० वैशाख, चितवन । भरतपुर महानगरपालिकामा शनिबार बिहानै प्रेस कुकर बम फेला परेको छ । नेपाली कांग्रेस भरतपर महानगरपालिका–९ को सम्पर्क कार्यालय नजिकै बम फेला परेको हो ।

बम भेटिएको केही समयपछि नै नेपाली सेनाको बम डिस्पोजल टोलीले निक्रिय पारेको छ ।

सेतो बोराभित्र शंकास्पद वस्तु फेला परेपछि भरतपुर व्यारेकबाट नेपाली सेनाको टोली बम डिस्पोजका लागि आइपुगको थियो ।

बम कसले राख्यो भन्नेबारेमा केही खुलेको छैन ।
बमको हल्लाले त्रसित बनेको जनजीवन बम निस्क्रिय भएसँगै सामान्य बनेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनविरोधी गतिविधि तीव्र पारिरहेका बेला प्रेसर कुकर बम फेला परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?