+
+

संसदीय समितिको टीओआरमा ‘सहमति नजिक’ दलहरू

आन्तरिक छलफलमा कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ६ गते १४:१३

६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेशमा दलहरू सहमति नजिक पुगेका छन् ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा आइतबार बसेको कार्यदलको बैठक सहमति नजिक पुगेको नेताहरू बताउँछन् ।

समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदल सदस्य कांग्रेस नेता जीवन परियार छलफल सकारात्मक रहेको बताउँछन् ।

कार्यदलको बैठकमा परियारबाहेक कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी भएका थिए । परियार र कार्की दुवै कार्यदलको बैठक स्थगित गरेर संसदीय दलको कार्यालयमा गएका छन् ।

उनीहरूसँग महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखक रमेश लेखक लगायतले छलफल गर्दैछन् । नेताहरूका अनुसार कार्यदलको बैठक २० मिनेटका लागि स्थगित भएको छ ।

नेताहरूका अनुसार उपप्रधान तथा गृहमन्त्रीको नाम नलेख्ने तर समस्याग्रस्त सहकारीको नाम लेख्ने गरी सहमतिको प्रयास भएको छ । यसमै दलहरू सहमति नजिक पुगेका हुन् ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि छलफल सकारात्मक रहेको र केही कुरा मिल्न बाँकी रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?