Comments Add Comment

रुकुमको आठविसकोट नगरपालिकामा पनि माओवादी विजयी

गोर्खबहादुर केसी

४ जेठ, रुकुम । रुकुमको आठविसकोट नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका गोर्खबहादुर केसी विजयी भएका छन् । उपप्रमुखमा पनि माओवादी केन्द्रकी गीता नेपाली निर्वाचित भएकी छन् ।

नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार धिरेन्द्र बटालालाई २ हजार ३४ मत अन्तरले पराजित गरेर माओवादीका गोर्खबहादुर केसी आठविसकोट नगरपालिका प्रमुखमा निर्वाचित भएका छन् ।

माओवादीका केसीले ५ हजार ६ सय २९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका बटालाले ३ हजार ५ सय ९५ मत प्राप्त गरे । नेकपा एमालेबाट नगर प्रमुखका उम्मेदवार हरिप्रसाद शर्माले २ हजार ४ सय ३५ मत पाएका छन् ।

उपप्रमुखमा पनि माओवादी केन्द्रकी गीता नेपाली निर्वाचित भएकी छन् । नेपालीले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अनिता बुढालाई २ हजार ४ सय ३१ मतले हराएर उपप्रमुखमा विजयी भएकी हुन् ।

नेपालीले ५ हजार ६ सय १८ मत पाइन् भने कांग्रेसकी बुढाको पक्षमा ३ हजार १ सय ८७ तथा एमालेकी अमृता शाहको पक्षमा २ हजार ७ सय ८५ मत खसेको छ ।

आठविसकोट नगरपालिकाका कुल १४ वडा मध्य ११ वडामा माओवादी केन्द्र, २ वडामा कांग्रेस र एउटा वडामा एमाले विजयी भएको छ ।

पहिलो चरणमा चुनाव भएका रुकुमका सबै ६ स्थानीय तहमा माओवादीले क्लिनस्वीप गरेको छ । रुकुमका भुमे, पुथा उत्तरगंगा र सिस्ने गाउँपालिकामा भने जेठ ३१ गते दोस्रो चरणमा चुनाव हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment