Comments Add Comment

ओलीको प्रस्ताव – जसको नाममा सहमति जुट्छ, उसैको नेतृत्वमा सरकार बनाऔं

१३ जेठ, काठमाडौं । दश महिनायता सत्तासाझेदारी गरिरहेका प्रमुख दुई दल कांग्रेस–माओवादी केन्द्र बहुमतीय सरकार गठनको तयारीमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि बिहीबार सात दिनको समय दिए पनि उनीहरु बहुमतीय प्रक्रियाबाटै नयाँ सरकार गठनमा लागेका हुन् ।

प्रमुख प्रतिपक्षी एमालेले भने सहमतीय सरकारका लागि आफूहरु खुला रहेको बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरु नयाँ सरकारको नेतृत्वको दौडमा नरहेको भन्दै संक्रमणकाल टुंगो लगाउन, संविधानको कार्यान्वयन गर्न र मेलमिलापको राजनीति अघि बढाउन पनि सहमतीय सरकार आवश्यक रहेको बताएका छन् ।

कांग्रेस र माओवादी केन्द्र प्रमुख दलका नेताहरुमध्ये जसको नाममा सहमति जुट्छ उसैलाई राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्रीको उम्मेदवार बनाउन सहमत हुनुपर्ने एमालेको सर्त छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment