Comments Add Comment

पोखरामा २ लाख भेटियो, ‘मालिक’ भेटिएन

१४ जेठ, पोखरा । पोखराको चिप्लेढुङ्गामा २ लाख रुपैयाँ भेटिएको छ । गत जेठ १० गते २ फरक/फरक ठाउँमा झरेको अवस्थामा तारा लुईटेल र गीता अधिकारीले उक्त रकम भेट्टाएका हुन् ।

एक हजारको नोट सय/सय वटा भएको २ वटा बण्डल आफूहरुले भेट्टाएको तारा लुईटेलले जानकारी दिइन् । भेट्टाएको रकम फिर्ता गर्ने ईच्छा भएपनि कसैले पनि हराएको दाबी नगरेको बताउँदै उनले कसैको हराएको भए ९८४६४०६४४५ मा सम्पर्क गर्न उनले आग्रह गरिन् ।

पैसा वाला व्यक्तिले कुन वैंकबाट निकालेको पैसा हो सो वंैकको स्लिप वा फुटेज लिएर आउन उनले आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment