Comments Add Comment

भरतपुरको १९ नम्बर वडामा पुनः मतदान गर्न कांग्रेसको माग

१५ जेठ, चितवन । नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिका वडानम्बर १९ मा पुनः मतदान गर्न माग गरेको छ । मतपरिणामलाई असर पर्ने गरी मतपत्र च्यातिएकाले पुनः मतदान गर्नुपर्ने कांग्रेसको माग छ ।

कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले सोमबार बिज्ञप्ति निकालेर भनेका छन्, ‘वडा नं. १९ को मत परिणामलाई असर गर्ने गरी मतपत्र च्यातिएको हुँदा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० बमोजिम पुनः मतदान प्रक्रिया सुचारु गर्नसमेत जोडदार माग गर्दछौं ।’

माओवादी केन्द्रले पनि वडानम्बर १९ मा पुनः मतदान गर्न माग गरेको छ ।

वडानम्बर १९ मा आफ्ना उम्मेदवारको जित सुनश्चित भइसकेको समयमा मतपत्र च्यातिएको घटनाको कांग्रेसले खेद व्यक्त गरेको छ । माओवादी केन्द्रसँग तालमेल गरेर चुनाव लडेको कांग्रेसले मतपत्र च्यात्ने को हो भनेर किटान गरेको त छैन तर सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्न माग गरेको छ ।

निर्वाचन आयोगलाई मतगणना प्रकृयालाई व्यवस्थित गर्न पटक-पटक आग्रह गर्दासमेत व्यवस्थित नगरिएको कारण उक्त घटना हुन पुगेको कांग्रेसको ठहर छ ।

पढ्नुहोस् कांग्रेस चितवनको प्रेस विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment