शनिबार, ३ भदौ, २०७४
OnlineKhabar.com

ग्यालेक्सी नोट एटमा पनि हुनेछैन अनस्क्रिन फिंगरप्रिन्ट स्क्यानर

अनलाइनखबर

सामसुंगको आगामी फ्लागसीप फ्याब्लेट यो अंग्रेजी वर्षको अन्त्यसम्ममा सार्वजनिक हुने बताइएको छ ।र, यदि पछिल्लोपटक अन्तराष्ट्रिय संचारमाध्यममा आएका खबरहरु पत्याउनेहो भने यो फ्याब्लेटको डिस्प्ले अर्थात् अनस्क्रिन फिंगरप्रिन्ट स्क्यानर हुनेछैन ।

सामसुंगका प्रतिनिधिलाई उधृत गर्दै न्युज वान वेबसाइटले यो समाचार लेखेको छ ।

सामसुंगका एकजना कार्यकारीले भनेका छन्ः हामीले ग्यालेक्सी नोट एटमा डिस्प्लेमै फिंगरप्रिन्ट स्क्यानर राख्नका लागि भरमग्दुर प्रयास गर्यौँ । तर सुरक्षा लगायतका विभिन्न खाले प्राविधिक सीमाहरुका कारण अन्त्यमा यो रणनीतिक फोनको डिस्प्लेमा फिंगरप्रिन्ट स्क्यानर नराख्ने निर्णय गरियो ।

इसको अर्थ कम्पनीले नोट एटको कम्तीमा एउटा प्रोटोटाइपमा अनस्त्रिmन सेन्सर प्रविधिको प्रयोग गरेको तर यसले राम्रोसँग काम नगरेपछि त्यसलाई प्रयोग नगर्ने निर्णय गरेको हुनसक्छ ।

ग्यालेक्सी नोट एटमा यो प्रविधि प्रयोग नगरेतापनि सामसुंगले अनस्त्रिmन फिंगरपि्रन्ट स्क्यानर प्रविधिको विकाशका लागि बायोमेट्रिक सेन्सर प्रविधि निर्माता कम्पनी क्रुसल टेकसँगको सहकार्यमा काम गरिरहने बताइएको छ ।

ग्यालेक्सी नोट एटमा दुईवटा मुख्य क्यामरा हुने बताइएको छ । साथै यसमा क्वालकोम स्नापड्रागन ८३५ प्रोसेसर, ६ जिबीको र्याम हुने बताइएको छ । एजेनसी

२०७४ जेठ २७ गते २३:२६ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२ प्रतिकृयाहरू प्राप्त
  • suva acharya लेख्नुहुन्छ    |   २०७४ जेठ २८ गते १०:५८

    mobile ma paissa dheari kharcha nagarma. baru garbi la 2,4 rs help garma

    5
    1
    Share

  • Indra Shrestha लेख्नुहुन्छ    |   २०७४ जेठ २९ गते १५:५२

    man parena

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this