+
+

पोखरामा प्रिन्सिपलबाटै निर्घात कुटिए विद्यार्थी

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७४ जेठ ३० गते १०:१३

३० जेठ, पोखरा । पोखरामा एक विद्यार्थी आफ्नै स्कुलका प्रिन्सिपलबाट निर्घात कुटिएका छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ स्थित मर्निङ ग्लोरी स्कुलमा कक्षा १ मा अध्ययनरत सुवास लामिछाने सोही स्कुलका प्रिन्सिपल शिवदत्त तिवारीबाट कुटिएका हुन् ।

प्रिन्सिपल तिवारीको कुटाईबाट अन्दाजी ६ वर्षीय बालक लामिछानेको ढाडभरी निलडाम बसेको छ । लामिछानेलाई प्रिन्सिपल तिवारीले गृहकार्य नगरेको भन्दै कुटपीट गरेको पीडित विद्यार्थीका आफन्तले बताएका छन् । उनको नमस्ते अस्पताल पोखरामा उपचार गरिएको छ ।

श्रोतका अनुसार जेठ २८ गते आइतबार सुवास गृहकार्य नगरी स्कुल गएका थिए । स्कुलमा कक्षा शिक्षिकाले सुवासले गृहकार्य नगरेको देखेपछि प्रिन्सिपल तिवारीलाई बोलाइन् । तिवारी आएर गृहकार्य किन नगरेको भन्दै निर्घात कुटपिट गरेको सुवासले बताएको उनका आफन्तले बताए । लगत्तै आफन्तले स्कुल र वडा कार्यालयमा जानकारी गराएको र वडाध्यक्ष शिवप्रसाद आचार्यले बोलाएर सोध्दा प्रिन्सिपल तिवारीले आफूबाट गल्ती भएको भन्दै माफी मागेको आफन्तले बताएका छन् । प्रिन्सिपल तिवारीलई गल्ती नदोहोर्‍याउने बाचासहितको कागज गराएर छाडिएको छ ।

तर प्रिन्सिपल तिवारीले भने सुवासलाई आफूले निर्घात कुटपिट गरेको नभई ढाडमा सामान्य ढंगले हिर्काएको जिकिर गरेका छन् । उनले घरमा लडेर सुवासलाई चोट लागेको हुनसक्ने बताए । तर सुवासको निलडाम हेर्दासुम्ला बस्नेगरी लठ्ठिले पिटेको जस्तो देखिन्छ ।

यसैबीच, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्षेत्रीय कमिटी क्षेत्र नम्बर ३ कास्कीले प्रेस विज्ञप्ती जारी गर्दै घटनामा दोषिलाई कारवाहीको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?