+
+

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रारको गाडी तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २ गते १४:४६

२ असार, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका  रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लको  बा.१७ च. ४२५५ नम्बरको गाडी विद्यार्थीहरुले तोडफोड गरेका छन् ।

गत जेठ १९ गतेबाट विभिन्न माग राखी आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले शुक्रबार रजिष्ट्रार डा. मल्लको गाडी तोडफोड गरेको विश्वविद्यालयका सूचना अधिकारी बिष्णुकुमार खड्काले जानकारी  दिए ।

आफ्नो माग पूरा गर्ने तर्फ विश्वविद्यालय पदाधिकारीहरुले वास्था नगरेको भन्दै विहान भण्डाफोर कार्यक्रम गरेका विद्यार्थीहरुले दिउँसो गाडी तोडफोड गरेका हुन् ।

विश्वविद्यालय अनुदान आयोगले समेत आफ्नै आंगिक क्याम्पसहरुमा साधारण तथा प्राविधिक विषयहरुको पढाई संचालन भइनसकेको अवस्थामा अन्य क्याम्पसहरुलाई सम्बन्धन दिननहुँने भन्दै सूचना निकालेको अवस्थामा मप विश्वविद्यालयले विभिन्न निजी कलेजलाई सम्बन्धन दिने निर्णय गरेपछि विद्यार्थीहरु स्ववियुको नेतृत्वमा आन्दोलनमा उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?