+
+

केराका बोट काटेको आरोपमा ४ बालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते ८:०२

१४ जेठ, चितवन । किसानले लगाएको केराका बोट काटेको आरोपमा ४ जना बालकलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

खैरहनी नगरपालिका वडा नम्बर ३ स्थित करिब पाँच कठ्ठा जग्गामा लगाइएका ३१५ बोट केरा यही जेठ १ गते राति ११ बजेतिर काटिएको अवस्थामा फेला परेका थिए । केराका बोट काटिदिएको आरेपमा १२, १३ र १४ वर्षका बालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको परिचय प्रहरीले गोप्य राखेको छ । उनीहरुको नाम परिवर्तन गरेर प्रहरीले मगनीचोक (१३ वर्ष), होलिल्याण्ड (१४ वर्ष) चौबिसकोठी (१२ वर्ष) र धुसरी (१४ वर्ष) राखेको छ ।

प्रहरीले उनीहरुलाई जेठ १० गते पक्राउ गरेको हो । अहिले चितवन जिल्ला अदालतबाट अपराधिक उपद्रव मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?