+
+
बागमती प्रदेशको बजेट :

नगरकोट, सौराह, शैलुङलाई खुला चलचित्र छायांकन क्षेत्रको रुपमा विकास गरिने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १ गते २०:५५

काठमाडौं । चितवनको सौराह, मेघौली, गोलाघाट, भक्तपुरको नगरकोट, दोलखाको शैलुङ क्षेत्रलाई खुला चलचित्र छायांकन क्षेत्रको रुपमा विकास गरिने भएको छ ।

शनिबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै बागमती प्रदेशका आर्थिक मामिलामन्त्री जगन्नाथ थपलियाले उक्त घोषणा गरेका हुन् । बागमती प्रदेश सरकारले सो आर्थिक वर्षको लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ ।

बागमती प्रदेशभित्र रहेका कला, संस्कृति, भाषा, लिपी, जातजाति, धर्म, बाजागाजा आदिका बारेमा अध्ययन र अनुसन्धान गर्न चाहने अध्येतालाई प्रोत्साहन गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।

बागमती प्रदेशभित्र रहेका मूर्त अमूर्त संस्कृति र सम्पदाको संरक्षण गर्न आवश्यक नीति तर्जुमा गरिने बजेटमा उल्लेख छ ।

समुदायको सहभागितामा विभिन्न जातजाति, भाषा, साहित्य, दर्शन, संस्कृति, कला, पुराना बाजा, संगीत, नाच र नाट्य लगायतका अमूर्त सांस्कृतिक सांस्कृतिक सम्पदाको सूचीकरण र संवद्र्धनात्मक कार्यक्रम संचालन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको समेत बजेटमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?