+
+
Shares

भारतमा औषधि उद्योगमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ३४ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १७ गते १०:४१

१७ असार, काठमाडौं । भारतको दक्षिणी राज्य तेलंगानाको संगारेड्डी जिल्लामा रहेको एउटा औषधि उद्योगमा सोमबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

घटनास्थलबाट ३१ जनाको शव भेटिएको र अस्पतालमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ३० जनाभन्दा बढी घाइते भएका छन् ।

तेलंगनाको पाशमिलारम औद्योगिक क्षेत्रमा रहेको सिगाची उद्योगको रियक्टर युनिटमा सोमबार बिहान विष्फोट भएको थियो । विष्फोटबाट उद्योगको भवन भत्किएको छ । भारतीय सञ्चारमाध्यममा देखाइएका दृश्यहरूमा घटनास्थलमा आगो लागेको देखिन्छ ।

यस घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री राहत कोषबाट मृतकका परिवारलाई २ लाख र घाइतेहरुलाई ५० हजारको दरले राहत दिने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?