Comments Add Comment

चुनावको मुखमै रोल्पाको नयाँ शक्ति एमालेमा बिलय

४ असार, रोल्पा । नयाँ शक्ति नेपाल रोल्पाका संयोजक र सहसंयोजक नेकपा एमालेमा प्रवेश गरेका छन् । जिल्ला संयोजक ईन्द्रबहादुर खत्री, सहसंयोजक ताराबहादुर खत्री, जिल्ला सदस्यहरु शिवराज कुँवर, रामबहादुर खत्रीलगायत नयाँ शक्तिमा प्रवेश गरेका हुन् ।

नयाँ शक्तिले आर्थिक समृद्धिको नाममा जनतालाई भुलाउने काम गरेकाले आफूहरु एमालेमा प्रवेश गरेको संयोजक खत्रीले बताए ।

एमालेले राष्ट्रियताको मुद्दामा लिएको अडान र स्थानीय तह निर्वाचनमा एमालेमा जनलहरको उत्साह देखेर आफूहरुले एमाले नै रोजेको नवप्रवेशीहरुले बताए ।

– जीवन डाँगीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment