Comments Add Comment

दुई दिनमा ३४ अंक गुमाएपछि सम्हालिने प्रयासमा नेप्से


६ असार, काठमाडौं । साताको सुरुदेखि नै घट्ने क्रममा ३४ अंक गुमाएको नेप्सेले मंगलबार थप ४.०९ अंक गुमाएको छ ।

तर, मंगलबार बजारको गिरावट केही थामिने क्रममा देखियो । १५५६ मा रहेर कारोबार भइरहेको नेप्से मध्यावधीमा १४ अंकसम्म गुमाएर केही फर्किएको हो ।

यस दिन नेप्से परिसूचक १५५१ बिन्दुमा आइपुगेको छ । कारोबार रकम पनि ५७ करोड ९२ लाख रुपैयाँ रहेको छ । नेप्से थप घट्न रोकिएको जस्तो देखिएपनि स्पष्ट दिशा भने लिन सकेको छैन् ।

यस दिन सेयर मूल्य उच्च बढ्ने कम्पनीको पनि ६ प्रतिशतभन्दा मूल्य भने बढ्न सकेको छैन् । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य यो दरमा बढेको हो । त्यस्तै, सबैभन्दा धेरैले मूल्य घटेको एभरेष्ट इन्स्योरेन्सको परिवत्र्य अग्राधिकार सेयरको मूल्य करिब १० प्रतिशतले ह्रास भएको छ ।

यसदिन जलविद्युत्, उत्पादनमुलक र ‘अन्य’ समूहको परिसूचक मात्र बढेको छ ।

यो पनि हेरौं  :  

सुचना चुहाएको भन्दै एभरेष्ट इन्स्योरेन्स र नेशनल हाइड्रोको कारोबार रोक्का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment