Comments Add Comment

सिपोराप्रति रमेशको आकर्षण, पोष्टमार्टम गर्नेको कथामा ‘भूइँमान्छे’


भदौ २ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्र ‘भूइँमान्छे’को ट्रेलर रिलिज गरिएको छ । कलाकार रमेश वुढाथोकीको सेरोफेरोमा घुमेको यो चलचित्रले ‘लास चिर्ने’ एक व्यक्तिको कथा भन्छ ।

नेपाली चलचित्रको पर्दामा यस्तो कथामा पहिलो पटक चलचित्र निर्माण भएको हो । यो चलचित्रमा रमेश वुढाथोकी, सिपोरा गुरुङ, रामबाबु रेग्मी लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई नवराज वुढाथोकीले निर्देशन गरेका हुन् ।

चलचित्रमा निरुपा निरौला र लक्ष्मी थापाको लगानी छ भने रोहिणी भट्टराई यसका कार्यकारी निर्माता हुन् । चलचित्रमा सिपोरालाई एक्सन अवतारमा देखाइएको छ । चलचित्रको ट्रेलरमा रमेशको आकर्षण सिपोराप्रति रहेको देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment