+
+

न्यूयोर्कमा नेपाली फिल्म फेस्टिभल

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १७ गते १३:०४

असारको अन्तिम साता अमेरिकी शहर न्युयोर्कमा नेपाली छोटा फिल्म तथा वृत्तचित्र प्रदर्शन हुदैछ । काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) अन्र्तगत उक्त फिल्म र वृत्तचित्र प्रदर्शन गरिने भएको हो । यो फिल्म उत्सवममा इन सर्च अफ देवकी, वियोन्ड द वाइट केन, मेला बाह्रखरी लौरो, भुसको लोग्ने जस्ता छोटा फिल्म तथा वृत्तचित्र देखाइदैंछ ।

नेपालमा हरेक बर्ष आयोजना हुँदै आएको किम्फ विगत तीन बर्षदेखि ‘ट्राभलीङ किम्फ’ का रुपमा देश बाहिर प्रर्दशन हुदै आएको छ । २०१५ मा हङकङबाट सुरु भएको घुम्ती किम्फको यो तेश्रो संस्करण हो ।

हिमाल एशोशिएसन नेपाल र न्युयोर्कबाट प्रकाशित हुादै आएको नेपाली भाषाको पत्रिका एभरेष्ट टाईम्सको आयोजनामा न्युयोर्क स्थित शेर्पा किदुङको हलमा किम्फ हुने भएको हो । किम्फको आयोजनाबाट संकलित रकम सिन्धुपाल्चोकको हेलम्बु बिद्यालयलाई सहयोग दिने आयोजकको भनाई छ । यसअघि पनि किम्फको आयोजनामार्फत संकलित रकम सोलुखुम्बु जिल्लाको चागेस्थान मावि केरुङ र सेर्गा वागाम प्राबि स्कुललाई सहयोग गरिएको थियो ।

न्युयोर्कपछि यसपटक पनि हङकङ र मकाउमा किम्फ आयोजना हुने ईण्टरनेशनलट्ाभलिङ किम्फका संयोजक डम्बरकृष्ण श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?