Comments Add Comment

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक अझै खुल्न सकेन

२९, असार, चितवन । बुधवार दिउँसो साँढे ३ बजे खसेको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन् ।

इच्छाकामना गाउँपालिका– ६ स्थित कालिखोला नजिकै चारकिलो भन्ने स्थानमा गएको सुख्खा पहिरो हटाउने प्रयास भइरहे पनि काम नसकिँदा सडक सञ्चालन आउन सकेको छैन् ।

बिहान ८ बजेबाट सडक दुवैतर्फी सञ्चालन गर्ने गरी खुलाउने प्रयास भैरहेको चितवनका ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले जानकारी दिए । ‘फेरि पहिरो आएन भने ८ बजेबाट खुल्छ’ पन्तले भने, ‘ठूलो पहिरो माथिबाट सडकमा झरेको हुँदा पन्छाउन समय लागेको हो ।’

हिजोदेखि नै आयोजनाका डोजरहरुले पहिरो पन्छाउने काम गरिरहेका छन् । मुग्लिनतर्फबाट २ वटा र नारायणगढतर्फबाट २ वटा डोजरले पहिरो पन्छाउने काम निरन्तर गरिरहेका छन् । जोखिम क्षेत्रमा फसेका सवारी साधानहरुलाई वान वे बनाएर राति नै गन्तब्यतर्फ पठाइएको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment