Comments Add Comment

गौतमबुद्ध बिमानस्थल निर्माणः ठेकेदारको कार्यशैली अझै सुध्रिएन

फाइल तस्वीर

५ साउन, काठमाडौं । भैरहवामा निर्माणाधीन राष्ट्रिय गौरवको अन्ताराष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माणको काम अझै निकै सुस्त गतिमै अगाडी बढेको छ ।

करिब दुई महिनादेखि सीमित जनशक्ति र साधनबीच काम सुरु गरेको चीनीयाँ कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सम्मपन्न गरिसक्नुपर्नेमा असार १५ सम्म समय सीमा दिएर ४० प्रतिशत काम पुरा गरी प्रगति देखाउन भने पनि पुरा गर्न सकेन ।

सीमा अनुसार जुन महिनाको अन्त्यसम्ममा ४० प्रतिशत काम पुरा हुनुपर्ने थियो । तर, अहिले ३० प्रतिशत मात्रै सकिएको छ ।

पहिला ठेकेदार कम्पनिले राम्रोसँग काम नगरेको र अहिले वषर्ा लागेकाले काम प्रभावित भएको आयोजना प्रमुख ओम शर्माले बताए । उनको भनाई अनुसार स्थानीय निर्वाचनले पनि थोरै प्रभाव पारेको आजको गोरखापत्र दैनिकले समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment