Comments Add Comment

१८ वर्षदेखि लाउडाको पौने २ अर्ब बेरुजु !

९ साउन, काठमाडौं । मुलुकको हवाई इतिहासमै लाउडा प्रकरणले लामो समयसम्म चर्चा पायो । नेपाल वायुसेवा निगमका तत्कालीन उच्च अधिकारीसहित पर्यटनमन्त्री र प्रधानमन्त्रीसमेत मुछिएको यो प्रकरणले झन्डै २ महिना संसद अवरुद्ध भयो ।तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजनीतिक इतिहासमै कालो धब्बा लगाउने यो प्रकरणले पर्यटनमन्त्री तारणीदत्त चटौतको राजनीति पनि झन्डै समाप्त पार्यो ।

अदालतको फैसलाले कोइरालालाई निर्दोष सावित गरे पनि लाउडाको अध्याय भने अझै समाप्त भएको छैन । कारण, लाउडा एयरलाई भुक्तानी गरिएको झन्डै पौने दुई अर्ब रुपैयाँ ।

निगमले लाउडा एयरलाई भुक्तान गरेको १ अर्ब ७९ करोड रुपैयाँ अझै बेरुजु छ । १८ वर्षअघि भएको यो भुक्तानीको बेरुजु फछर्योट नहुँदा निगम अलमलमा छ । सन् १९९९ मा लाउडा एयरको विमान भाडामा ल्याएर निगमले उडाएको हो ।

महालेखा परीक्षकको कार्यालयले बर्सेनि यसलाई बेरुजुका रुपमा देखाएर फछ्र्योट गर्न ताकेता गर्दै आएको  कारोबार दैनिकले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment