Comments Add Comment

व्यापार बन्दै सामाजिक सेवा, ठेक्कामा एम्बुलेन्स !

१३ साउन, काठमाडौं । घाइते तथा बिरामीलाई आकस्मिक सेवा दिन राजस्व छुटमा ल्याइएका एम्बुलेन्स गोरखामा ठेक्कामा चलाइने गरिएको छ । सेवाका लागि विभिन्न स्वास्थ्य संस्था तथा सामाजिक संस्थाले ल्याएका एम्बुलेन्स चालकलाई ठेक्कामा लगाइएको हो ।

चाकले संस्थालाई मासिक ६ हजार रुपैयाँ बुझाउँछन् । ‘मासिक ६ हजार रुपैयाँ बुझाउने गरी ठेक्कामा लगाएका छन्,’ एक एम्बुलेन्स चालकले भने, ‘बुंकोट स्वास्थ्य चौकीको एम्बुलेन्स उसकै चालक सुजन मगरलाई ठेक्कामा दिइएको छ । आमाबा अस्पतालले त्यसै चालक माइला दाइलाई ठेक्कमामा दिएको छ । भारतीय भूपू सैनिक कल्याणकारी सेवा केन्द्रको एम्बुलेन्स पनि त्यसकै चालक सुरेन्द्र पाठकले ठेक्कामा चलाएका छन् ।’

जिल्ल प्रशासन कार्यालय गोरखाका अनुसार, गोरखामा २२ वटा एम्बुलेन्स दर्ता छन् । तीमध्ये गोरखा सदरमुकाममा ११ वटा सञ्चालित छन् । ११ वटामध्ये ४ वटा ठेक्कामा छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment